स्थायी कर्मचारी जोकरफाल्तु,करारका कर्मचारी अनुगमन र निरीक्षणमा

राजपरिवारको नाममा रहेका करोडौं मूल्य पर्ने सुन, हिरा, मोतीजडित सयौंका संख्याका तक्माबाट असली धातुहरु निकालेर नक्कली धातु जडान गरिएको बिषयमा समाचार प्रकाशन गरिएपछि त्यहाँ हलचल मच्चिएको छ ।

बिज्ञापन

कर्मचारी प्रेस डटकमले यो बिषयमा समाचार समाचार प्रकाशन गरेसँगै उक्त कार्यालयले सिल खोलेर हेर्न थालेको छ । राजपरिवारका नाममा रहेका यस्ता तक्माहरु बाग्मती प्रदेश मातहतको पाटन औद्योगिक क्षेत्रभित्र रहेको उद्योग तथा वाणिज्य कार्यालयमा पोका पारेर राखिदैं आएको थियो ।

बिज्ञापन

राजपरिवारको नाममा रहेका १८९ थरी तक्माका हजारौं परिमाण ०७१ साल साउन १४ देखि पाटन औद्योगिक क्षेत्रभित्र राखिदैं आएको छ । जसमा महेन्द्रमाला १ थान, नेपाल प्रताप भाष्कर २ सेट, नेपाल प्रताप भाष्कर स्वल्पाकार १० सेट, नेपाल प्रताप भाष्कर ५ थान, महागौरव तेजश्वी त्रिभुवन श्रीपद पहिला २ थान, महागौरव तेजश्वी त्रिभुवन श्रीपद पहिला स्वल्पकार ४ लगायत उक्त कार्यालयका नयाँ, पुराना र भाँचिएका दराजमा पोका पारेर राखिएको छ ।

यी महत्वपूर्ण तक्मामा जडित सुन, चाँदी र हिरा निकालेर नक्कली तक्मा बनाई स्टोरमा सिल गरेर राखिएको भन्दै अख्तियारसम्म उजुरी पुगेको छ । राजपरिषद्को नाममा रहेको २२ थान ब्रेचपीनको सक्कली तामाबाट सुन–चाँदी निकाली करोेडौंको सम्पत्ति हिनामिना गरिएको बिषय अख्तियारमा पुग्दा न त अख्तियार तात्छ,न त संसदीय समितिहरु नै जाग्छन् ।

बिज्ञापन

यो प्रकरण पशुपतिको जलहरीबाट सुन गायब भएको भन्दा भंयकर हो भन्दैछन्,कर्मचारीहरु । यसरी सुन,हिरा गायब प्रकरणमा कार्यालय प्रमुख, लेखा र स्टोरका कर्मचारीको मिलेमतो रहेको खबर कर्मचारी प्रेसमा प्रकाशन भएसँगै अहिले सिल गरेर राखिएको तक्मा खोलेर हेर्ने थालिएको हो । सिल खोलेर जिन्सी निरीक्षणको टोली आठौं लेखनाथ खतिवडा,सञ्जय थापा ठाडो भर्याङ्गबाट आएका कर्मचारीका अलवा करारका कर्मचारीलाई राखेको छ । त्यसमा लेखाको कर्मचारी बस्नुपर्ने हो तर उनी सो टोलीमा बस्न मानेन ।

सो कार्यालयमा बागमती प्रदेशका उद्योगमन्त्री सुकमाया तामाङको नातेदार सन्तोष मोक्तानलाई कार्यालय प्रमुखमा खटाइएको छ । २१ कर्मचारीको दरबन्दी रहेको उक्त कार्यालयमा अधिकांश करारका कर्मचारीको हैकम चल्दै आएको छ । राजपरिवारको नाममा रहेका महत्वपूर्ण तक्माहरु संरक्षणका लागि अनूभवि कर्मचारी खटाउनु पर्नेमा मन्त्री र सचिवको आफन्त र त्यसमा समेत करारका कर्मचारीहरुलाई खटन पटन गरिएको छ ।

मन्त्रीका नातेदार कार्यालय प्रमुख छन् भने प्रदेश सचिव राजेन्द्र केसीका छोरीलाई त्यही भर्ना गरिएको छ । पछिल्लो समय उक्त कार्यालय वन सेवाका कर्मचारीहरुले भरिएको छ । अहिले त्यहाँ लेखाको हाकिम छन् अनिल ढुङ्गना,उनी वन सेवाकै कर्मचारी घरेलुमा आएको ।

रमाइलो चाहिँ स्थायी र माथिल्लो तहका कर्मचारीहरुलाई जोकर फाल्तु बनाएर त्यहाँबाट करारका कर्मचारीहरुलाई कार्यालय निरीक्षणमा पठाउने गरेको भेटिएको छ । जस्तो उद्योगको स्टोर निरीक्षणमा करार कार्यालय सहयोगी श्याम नेपाल,ड्राइभर रामहरि बस्नेतलाई पठाइदै आएको छ भने वाणिज्यको अनुगमनमा भानु पाण्डेलाई । भानु यस अघिका सोही कार्यालयमा अधिकृतको रुपमा कार्यरित थिइन,स्वरुपा,उनकै भाइ हुन भानु ।

यद्यपि सो कार्यालयका सूचना अधिकारी लेखनाथ खतिवडा स्थायी कर्मचारीलाई जिम्मेवारविहिन बनाइएको र करारका कर्मचारीको हैकम चलेको बिषय सत्य नभएको बताउँछन् ।कार्यालयको अनुगमनमा जाँदा ड्राइभरलाई लिएरै जानुपर्दछ,यसरी चालकलाई समेत अनुगमन समितिमा राखिएको भन्ने बिषय सत्य नभएको उनको भनाई छ । खतिवडाले,तक्माबाट असली धातुहरु निकालेर नक्कली धातु जडान गरिएको बिषय समेत सत्य नभएको दावी गर्दछन् ।उनले प्रदेशको मन्त्री र कार्यालय प्रमुख तथा प्रदेश सचिव र कार्यालयमा करारमा कार्यरत कर्मचारी थर मिल्दैमा नातेदार भन्न नमिल्ने बताए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

दिवा खाजामा मात्रै साढे ३ अर्ब खर्च

भ्रष्टाचारबाट लुकाएको सम्पत्तिमा कारबाही गर्न उजुरीको ओइरो

‘घरबाटै काम, हत्केलामै सेवा’ : राष्ट्रिय किताबखानाको सेवा प्रवाहमा अर्को डिजिटल छलाङ

सम्पत्ति केलाउनमै कानुनी समस्या

कर्मचारी बजेट लेखनमा व्यस्त: कोरलामा भेप तस्करी, २४०० कार्टुन भेप गायब

निजामती ऐनको दफा ५२ च विपरित ट्रेड युनियनकर्मीको सरुवा

७ शाखा अधिकृतको सरुवा,२ पालिकाले पाए नयाँ प्रमुख प्रशासकीय अधिकृत

प्रधानमन्त्री कार्यालयकै निर्देशन अवज्ञा, राष्ट्रिय प्रकृति संरक्षण कोषमा शक्तिको खेल

बिशेष