कार्यकक्षमै वडा सचिवको घाँटी अठ्याउने वडा अध्यक्ष पक्राउ

कर्मचारीलाई कुटपिट गर्ने वडा अध्यक्ष पक्राउ परेका छन् । कार्यक्रमको बिल स्वीकृत  गर्न नमानेको भन्दै वडा सचिवको घाँटी अठ्याएर, चड्कन हान्ने तनहुँ गाउँपालिका ६ का अध्यक्ष बलबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बिज्ञापन

सोमबार बिहान गुरुङले वडासचिव नवीन भुसालको घाँटी अठ्याउँदै चड्कन हानेका हुन् । गत माघमा सञ्चालन भएको वडास्तरीय भलिबल कार्यक्रमको कार्यक्रम स्वीकृत नगरिएकाले र शीर्षक नखुलाई आएको विल स्वीकृत गर्न नसक्ने अडान लिए पछि कार्यकक्षमै वडा अध्यक्षले सचिवमाथि हातपात गरेका थिए ।

बिज्ञापन

सो घटना पछि वडाध्यक्षविरुद्ध इलाका प्रहरी कार्यालय बन्दीपुर, जिल्ला प्रशासन कार्यालय तनहुँमा उजुरीसमेत दिइएको थियो ।
घटना घटेको आठ घण्टा पछि वडा अध्यक्ष गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

वडा अध्यक्षको प्रहारबाट वडासचिवको घाँटी र गालामा निल डाम छ । उनलाई बन्दीपुर अस्पतालमा प्रारम्भिक उपचारपछि भरतपुर अस्पताल रिफर गरिएको छ ।

बिज्ञापन

यता गाउँपालिकाका कर्मचारीहरूले वडासचिवमाथि घाँटी नै अठ्याएर र हातपातसमेत भएकाले कडा कारबाहीको माग गरेका छन् । यस्तै जिल्लाका कर्मचारी ट्रेड युनियनले समेत वडाध्यक्षमाथि कडा भन्दा कडा कारवाहीको माग गरेका छन् ।

अध्यक्ष गुरुङ एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारी भित्र लुकेको पिडा

निजामती सेवा प्रवेशको अधिकतम उमेर हद घटाइयो

महानिर्देशक खोज्दै नेपाल नागरिक उड्डयन प्राधिकरण

निजामतीको परिभाषा भित्र परेनन स्थानीय र प्रदेशका कर्मचारी

निजामतीमा ११ सेवाको प्रस्ताव, ५ सेवाबाट सचिव हुन नपाइने

सशस्त्रका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

अब कर्मचारी दलीय गतिविधिमा आवद्ध भए सिधै बर्खास्त,भविष्यमा सरकारी सेवाका लागि अयोग्य

ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा पाण्डे पक्राउ

बिशेष