बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्य घाइते

पोखरा । पोखरा भ्रमण वर्ष २०२५ उद्घाटनका क्रममा शनिबार बेलुन फुटेर आगो लाग्दा दुई जना घाइते भएका छन् ।घाइते हुनेमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य छन्।

बिज्ञापन

समारोह उद्‌घाटनको क्रममा प्रमुख अतिथि रहेका अर्थमन्त्री पौडेलले स्विच थिचेर बत्ती बाल्ने क्रममा बेलुनमा बत्तीको झिल्कोले बलेपछि दुवै जना घाइते भएका हुन् ।

बिज्ञापन

आचार्यका प्रेस सल्लाहकार भीम थापाका अनुसार प्रमुख आचार्य सामान्य घाइते भएका छन् । उनको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।

आगोको हुर्को झ्याप्पै अनुहार तिर आएपछि मन्त्री पौडेल मञ्चतिर र मेयर आचार्य मञ्चको तलतिर हामफालेका थिए ।

बिज्ञापन

अर्थमन्त्रीको तुलनामा मेयरको गालाको भाग बढी डढेको प्रत्यक्षदर्शीले बताए । उनीहरू दुवैजनालाई उपचारका लागि फिस्टेल अस्पताल लगिएको छ।

सन् २०२५ मा पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा महानगरले पर्यटन वर्ष सुरु गर्दा यो घटना भएको हो।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष