धुञ्चेमा आधा दर्जन जुवा अड्डा, प्रहरी प्रमुख र सिडियो भन्छन ‘ प्रमाणीत भए कारवाही हुन्छ’

रसुवा जिल्लास्थित जिल्ला प्रहरी कार्यालय नजिकै संस्थागत रुपमा जुवा संचालन भैरहँदा पनि प्रहरी र प्रशासनले यसलाई नियन्त्रण गर्न नसकेको स्थानीयहरुको गुनासो छ ।

बिज्ञापन

जिल्ला सदरमुकाम धुञ्चेका आधा दर्जन होटलमा दैनिक जुवा संचालन हुदै आएको स्थानीयहरु बताउँछन् । यसरी संस्थागत रुपमा जुवा संचालन हुँदासमेत प्रहरी र प्रशासनले जुवा संचालन रोक्न नसक्दा प्रहरीकै सेटिङमा जुवाघर सञ्चालन भइरहेको आंशका गर्दैछन्,स्थानीयहरु । यस्तो आंशका किन पनि गरिएको हो भने पछिल्लो ६ बर्ष यता कुनै पनि जुवाडेहरु समातिएका छैनन्,जुवा घरमा छापा हानिएको छैन ।

बिज्ञापन

प्रहरी र प्रशासनको आडैमा सदरमुकाम धुञ्चेमा अवस्थित ह्वाइट पाण्डा होटल,लाकार होटल,बोगटी होटल धुञ्चे,रामेश्वर खड्काको भाडाको घर,काजी तमाङ, कोक्ले तामाङ र छेवु  तामाङको घरमा दैनिक जुवा खाल सञ्चालन हुने गरेको स्थानीयहरु बताउँछन् ।

प्रहरीकै संरक्षणमा जिल्लाका आधा दर्जन बढी होटल तथा घरमा बाह्रै महिना जुवा सञ्चालन हुने गरेको पेशेवर जुवाडेको बारेमा जानकार अर्काे स्थानीयले कर्मचारी प्रेसलाई जानकारी दिएका छन् ।

बिज्ञापन

यो बिषयमा रसुवा जिल्ला प्रहरी प्रमुख केशव भट्टराईसँग जिज्ञासा राख्दा आफूहरुलाई यस्तो सूचना नभएको जनाए । तपाईलाई गुमराहमा राखेर तल्ला तहका प्रहरीहरुले मिलेमतोमा जुवा घर सञ्चालन गर्न दिएका हुन ? भन्ने प्रश्नमा भट्टराईले ‘यसरी जुवा खाल सञ्चालन भइरहेको भए प्रहरीले तत्काल एक्सन लिने’ प्रतिक्रिया दिए ।

विगत ६ बर्षदेखि कुनै पनि जुवा खालमा प्रहरीले छापा नमारेको कारण यसमा प्रहरीकै संरक्षणमा जुवा अड्डा सञ्चालन भइरहेको स्थानीयहरुको आरोपको बिषयमा जिज्ञासा राख्दा उनले सिधै इन्कार गर्दै भने ‘त्यस्तो हुनै सक्दैन’ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलसँग यस बिषयमा जिज्ञासा राख्दा ‘प्रहरीको मिलेमतो नै भन्न नमिल्ने’ प्रतिक्रिया दिँदै यदी त्यसरी जुवा खाल चलाइएको रहेछ भने तत्काल छापा मारेर कानुनी कारवाहीको दायरामा ल्याइने प्रतिक्रिया दिएका छन् ।

मुलुकी अपराध संहिता अनुसार जुवा खेल्नु वा खेलाउनु दुवै अपराध हो। पछिल्लो मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई सजायको समेत प्रावधान तोकिएको छ। पहिलो पटक जुवा खेल्ने वा खेलाउनेहरूलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

यस्तै दोस्रो पटकमा एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ। दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था छ। साथै, जुवा खेल्न प्रयोग भएका सामान र खालमा प्राप्त सबै चल अचल सम्पत्ति जफत गर्ने कानुनी प्रावधान छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

गुठीको नाममा मनपरी असुली : स्याङजा मालपोतका नासु अख्तियारको अनुसन्धानमा

लेखापाल,लेखा सहायक र लेखा अधिकृतलाई साधरण तारेखमा छाड्न आदेश

सर्वाेच्चमा किन बस्दैछ १९ न्यायधीशको वृहत्त पूर्ण इजलाश ?

थपिए ९ लाख १५ हजार मतदाता

दुई सातापछि बालेनले छाड्दैछन् महानगरको जिम्मेवारी,सुनितालाई कार्यवहाकको जिम्मेवारी

पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाउने अधिकार प्रदेशलाई दिन सामान्यलाई पत्राचार

महिला कर्मचारीको टिम बनाउँदै महानिर्देशक

निर्वाचन आचारसंहिता स्वीकृत,माघ १ गतेदेखि कर्मचारी सरुवा गर्न बन्देज

बिशेष