११ नगरपालिकाका प्रमुख प्रशासकीय फेरिए, सिंहदरबारबाट सातलाई जिसस पठाइयो

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५० उपसचिवको सरुवा गरेको छ । सरुवाको सूची अनुसार विभिन्न मन्त्रालयमा कार्यरत ७ उपसचिवलाई जिल्ला समन्वय समितितिर खटाइएको छ,जसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कै कार्यालयका चार उपसचिव परेका छन् । यस्तै मन्त्रालयले विभिन्न ११ वटा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सरुवा गरेको छ ।

बिज्ञापन

सूची अनुसार,मन्त्रालयमै कार्यरत रहेका भुवनेश्वर लामिछाने चन्द्रागिरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटिएका छन् । माई नगरपालिका इलामबाट महेन्द्र विश्वकर्मालाई मध्यपुर ठिमी नगरपालिका,भक्तपुरमा ल्याइएको छ । यस्तै रामप्रसाद अचार्यलाई पनौती नगरपालिकाबाट दक्षिणकाली नगरपालिकामा ल्याइएको छ ।

बिज्ञापन

यस्तै,झापा विर्तामोड नगरपालिकाबाट मिलन भट्टराईलाई महिला बालबालिका मन्त्रालयमा,युवराज खतिवडालाई गौरादह नगरपालिकाबाट लगानी वोर्डमा पठाइएको छ । पञ्चपुरी नगरपालिकाबाट रचिन्द्र डंगोललाई सार्वजनिक खरिद अनुगमनको कार्यालय,यस्तै रामबहादुर केसीलाई मध्यपुर ठिमीबाट बेलका नगरपालिका उदयपुर पठाइएको छ । बेलका नगरपालिकाबाट पुरुषोत्तम घिमिरेलाई गल्याङ नगरपालिकामा खटाइएको छ ।

यस्तै,दामोदर शर्मालाई गल्याङ नगरपालिकाबाट पनौतीमा खटाइएको छ । अम्मरराज जोशी पाटन नगरपालिकाबाट बूढीगंगामा खटाइएको छ ।

बिज्ञापन

मन्त्रालयले प्रधानमन्त्री कार्यालयबाट शिवहरि पोखरेललाई जिसस महोत्तरी,सम्पत्ति शुद्धीकरणबाट शान्ता कडरियालाई जिसस ओखलढुंगा,मधु खनाल जिसस बारा,प्रम कार्यालयबाट कला कुमारी गैरेलाई भरतपुर महानगरपालिका,भौतिक मन्त्रालयबाट मुनका न्यौपाने जिसस मोरङ,महिला मन्त्रालयबाट जानुका सुवेदी जिसस भोजपुर पुगेका छन् ।
यस्तै,चन्द्रकला चौलागाई श्रम मन्त्रालयबाट जिसस धनकुटा,श्रमबाटै भोलानाथ गुरागाई जिसस तेह्रथुममा पठाइएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन सचिवको कुर्सीमा रविलाल पन्थ पुगेसँगै सरुवालाई व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी बनाउने हरेक महिनाको १ र १५ गते मात्र सरुवा गर्न थालिएको छ । मन्त्रालयले हिजो ५० उपसचिव र २५ अधिकृतको सरुवा गरेको हो ।

Notices-20250213125700309 (1)

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

दिवा खाजामा मात्रै साढे ३ अर्ब खर्च

भ्रष्टाचारबाट लुकाएको सम्पत्तिमा कारबाही गर्न उजुरीको ओइरो

‘घरबाटै काम, हत्केलामै सेवा’ : राष्ट्रिय किताबखानाको सेवा प्रवाहमा अर्को डिजिटल छलाङ

सम्पत्ति केलाउनमै कानुनी समस्या

कर्मचारी बजेट लेखनमा व्यस्त: कोरलामा भेप तस्करी, २४०० कार्टुन भेप गायब

निजामती ऐनको दफा ५२ च विपरित ट्रेड युनियनकर्मीको सरुवा

७ शाखा अधिकृतको सरुवा,२ पालिकाले पाए नयाँ प्रमुख प्रशासकीय अधिकृत

प्रधानमन्त्री कार्यालयकै निर्देशन अवज्ञा, राष्ट्रिय प्रकृति संरक्षण कोषमा शक्तिको खेल

बिशेष