‘टुप्पाबाट पलाएकाले मात्र कर्मचारीले राजनीतिक विचार बोक्नु हुँदैन भन्छन्’

संघीय निजामती सेवा विद्येयकमा दल निकट कर्मचारी ट्रेड युनियन राख्ने वा खारेज गर्ने बिषय पेचिलो बनेको बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीले राजनीतिक विचार बोक्न हुँदैन भन्नेहरु टुप्पाबाट पलाएका व्यक्तिहरु भएको टिप्पणी गरेका छन् ।

बिज्ञापन

काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित एमाले निकट निजामती कर्मचारी संगठनको १२ औँ महाधिवेशनको उद्घाटन सत्रलाई बुधबार सम्बोधन गर्दै कर्मचारीहरूले राजनीतिक विचार बोक्न नहुने र कर्मचारीको संगठन हुनै नहुने भन्ने विचार टुप्पाबाट पलाएकाहरूले मात्रै गर्ने गरेको टिप्पणी गरेका छन् ।

बिज्ञापन

उनले कर्मचारीहरूको संगठन हुनुहुँदैन । कर्मचारीहरूले राजनीतिक विचार बोक्नु हुँदैन । कर्मचारी भनेको विचार शून्य हुनुपर्छ भन्ने विचार आजमात्र आएको नभई यस्ता टिप्पणी राजनीति साजनीति नगरेका, आन्दोलन नदेखेका, टुप्पाबाट पलाएकाहरूले मात्रै उठाउने टिप्पणी भएको बताएका छन् ।

ओलीले जनताको मर्का बुझेर दुःख नदिई मुस्कानसहित कर्तव्यबोधको भावनाले छिटो सेवा दिन कर्मचारीहरूलाई निर्देशन दिएका छन्। उनले कर्मचारीहरुलाई यो पार्टी, त्यो पार्टी नभनी सबैलाई निष्पक्षरुपमा सेवा दिनुपर्छ ।

बिज्ञापन

उनले भने, कर्मचारीबाट सेवा पाएको मान्छेले खुसी भएर निजामती सङ्गठनको मान्छे रहेछ भन्ने स्वतः चिनेर धन्यवाद दिने खालको सेवा प्रवाह गर्न प्रधानमन्त्री ओलीको आग्रह थियो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

बिशेष