चिया पसलमा २० हजार घुस बुझ्ने अदालतका दुई कर्मचारी भ्रष्टाचार मुद्धामा दोषी ठहर

विशेष अदालतले जिल्ला अदालत कपिलवस्तुका तहसिलदार र कम्युटर अपरेटरलाई घुस लिई भ्रष्टाचार गरेको मुद्दामा दोषी ठहर गरेको छ ।

बिज्ञापन

गत कार्तिक २७ गते आयोगको बुटवलबाट खटिएको टोलीले घुससहित समातेको जिल्ला अदालत कपिलवस्तुका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकाश पाण्डेयलाई विशेष अदालतले भ्रष्टाचार मुद्धामा दोषी करार गरी सजाय सुनाएको छ ।

बिज्ञापन

बेरितको बण्डा मुचुल्का बदर गरी पुनः बण्डा मुचुल्का गरिदिने तथा तारेख दिने भन्दै सेवाग्राहीसँग २० हजार घुस लिएको अबस्थामा तौलिहवा गौढीचोकस्थित एक चिया पसलबाट उनीहरुलाई २० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएर अख्तियारले गत मंसिर २१ मा विशेष अदालतमा मुद्धा दायर गरेकोमा सोमबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य रामबहादुर थापाको इजलासले उनीहरुलाई भ्रष्टाचार मुद्धामा दोषी ठहर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेको दुई महिनापछि विशेषबाट फैसला आएको हो। सेवाग्राहीसँग फैसला कार्यान्वयनका क्रममा भएको बन्डा मुचुल्का बदर गरिदिने भनी उनीहरूले घुस मागेको खुलेको थियो। यस तथ्यलाई साबित गर्ने अडियोसमेत संलग्न प्रमाण अख्तियारले अदालतमा पेस गरेको थियो।

बिज्ञापन

विशेषले घुस रकम २० हजार रुपैयाँ रहेकोले उक्त रकम बिगो कायम गर्दै उक्त रकम जफत तथा दुवैजनालाई जनही १०–१० हजार रुपैयाँ जरिवाना हुने फैसला भएको छ। यसैगरी, तहसिलदार मिश्रलाई दुई महिना र पाण्डेयलाई एक महिना कैद सजायसमेत सुनाइएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शिक्षक आन्दोलनमा विश्वभरबाट सहयोग र ऐक्यबद्धता प्राप्त

अर्बौंको कर छली गर्ने मालपानी बाणिज्य विभागको फन्दामा

प्रजातान्त्रिक उदार शासन प्रणालीमा कूटनीतिका आयाम

केदारनाथ शर्मा बने भूमि व्यवस्था सचिव

चन्द्रकला पौडेल सचिवमा बढुवा

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

अमिनविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा

निजामती कर्मचारीले पेन्सन पाउनेले वृद्धभत्ता नपाउने

बिशेष