सरकारले ६ अधिकृतहरुलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।
बिज्ञापन
समितिको सोमबार बसेको बैठकले नेपाल इञ्जिनियरिङ सेवा सिभिल इञ्जिनियरिङ समूहका ती अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिस भएका कर्मचारीहरुमा नेपाल इञ्जिनियरिङ सेवा, सिभिल इञ्जिनियरिङ समूह,जनरल उपसमूहका सुशील कुमार श्रेष्ठ,निशा त्रिपाठी र रविन्द्र तिवारी रहेका छन् ।
बिज्ञापन
यस्तै,नेपाल इञ्जिनियरिङ सेवा, सिभिल इञ्जिनियरिङ समूह,हाइवे उपसमूहका मन्दा पन्त र शिला श्रेष्ठ बढुवा सिफारिस भएका छन् भने नेपाल इञ्जिनियरिङ सेवा, सिभिल इञ्जिनियरिङ समूह,स्यानिटरी उपसमूहबाट उत्सव पोखरेल बढुवाका लागि सिफारिस भएका हुन ।
उनीहरुलाई कार्यक्षमता मुंल्याकनको आधारमा बढुवाका लागि सिफारिस गरिएको हो ।
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%



























