मेयरविरुद्ध भ्रष्टाचारको अर्काे मुद्धा

नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतविरूद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा अर्काे मुद्दा दायर भएको छ। अख्तियारले मेयर बस्नेतविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा मुद्दा दायर गरेको हो ।

बिज्ञापन

बस्नेतले ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ ६९ पैसाको स्रोत पुष्टि गर्न नसकेपछि अख्तियारले गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको भन्दै आज विशेषमा मुद्धा दायर गरेको हो ।

बिज्ञापन

महिना दिन अघि नै भ्रष्टाचार मुद्धा लागेर निलम्बनमा परेका काँग्रेसका मेयरविरुद्ध अख्तियारले अर्काे मुद्धा चलाएको हो ।

अख्तियारका अनुसार बस्नेत र उनका परिवारका सदस्यहरूले कुल १९ करोड ९५ लाख ७४ हजार ८६२ रुपैयाँ आय आर्जन गरेकोमध्ये २८ करोड ६५ लाख ६१ हजार ९६७ रुपैयाँ ९४ पैसा खर्च तथा लगानी गरेको पाइएको छ । यसरी आयभन्दा ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ ६९ पैसा बढी खर्च गरेको अभियोगपत्रमा उल्लेख छ ।

बिज्ञापन

उक्त रकम बिगो कायम गरी अख्तियारले आयआर्जन गरेको सम्पत्तिको बिगोअनुसार दुई वर्षसम्म कैद र बिगो बमोजिमको जरिवाना तिराएर उक्त सम्पत्ति पनि जफत गर्न माग गरेको छ।

यसका अलवा झुट्टा विवरण दिएको भन्दै एक महिनादेखि तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना गर्न माग गरेको छ।

नगर प्रमुख सार्वजनिक पदमा बसेर कार्य गरेको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ अनुसार थप तीन वर्षसम्म कैद सजाय माग गरेको छ। दफा ४७ अनुसार सम्पत्ति जफत गर्न पनि माग गरेको छ।

अख्तियारले गैरकानूनी रूपमा आर्जन गरिएको सम्पत्तिबाट बस्नेतकी श्रीमती उर्मिला बस्नेतका नाममा समेत घरजग्गा खरिद गरिएको देखिएकाले उनलाई पनि प्रतिवादी बनाइएको छ । अख्तियारले उक्त सम्पत्ति जफत गर्न पनि माग गरेको छ ।

यस अघि मेयर बस्नेतलाई प्रतिवादी बनाएर अख्तियारले गत पुस १४ मा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर गरेको थियो। सो समयमा भ्रष्टारको मुद्दामा ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ र सम्पत्ति शुद्धीकरणको मुद्दामा १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ बिगो कायम गरेको हो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

बिशेष