सहसचिव बन्न सकेनन मध्यस्तकर्ता, भाँडियो वार्ता

सिंह दरबारको दक्षिणी मूख्य प्रवेशद्धारको छेउमै रहेको बसेरा बुटिक होटल,पछिल्लो समय उक्त होटललाई प्रशासनिक अड्डाको नामले चिनिन्छ । सिंहदरबार भित्र गर्न नमिल्ने कर्मचारीहरुँंगको कुराकानी  र डील यही होटलमा हुने भन्दै यो होटल बदनाम छ ।

बिज्ञापन

सोही तारे होटलमा आइतबार बिहान आन्दोलनकारी र सरकारी वार्ता टोलीको संयोजकको दुई घण्टा लामो वार्ता चल्यो । ताप्लेजुङमा निर्माणाधीन पाथीभरा (मुक्कुमलुङ) केबुलकार निर्माणसम्बन्धी विवाद समाधानको उद्देश्यले सरकार र आन्दोलनकारीबिच चलिरहेको वार्ता अन्तत भाँडिएको हो ।

बिज्ञापन

काठमाडौंको बबरमहलस्थित बसेरा होटलमा भएको वार्ता सरकारी पक्षका तर्फबाट गठित गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईमात्र उपस्थित थिए तर आन्दोलनरत पक्षले सरकारी कर्मचारीको सट्टा उच्चस्तरीय राजनीतिक नेतृत्वसँग मात्रै छलफल गर्न सकिने  अडानमा थिए ।

यद्यपि सहसचिव भट्टराईसग झण्डै २ घण्टा लामो वार्ता चले पनि आन्दोलनकारीको तर्फबाट त्यहाँ केबलकार नै बनाउन नहुने भन्दै यसबाहेकका विषयमा छलफल हुन नसक्ने प्रस्ताव अगाडि सारिएको थियो तर भट्टराईले केबलकार जसरी पनि बन्ने र त्यसका लागि सेयर, रोजगारीलगायतमा मिलाउने प्रस्तावतिर गएपछि वार्ता भाँडिएको हो ।

बिज्ञापन

यससँगै अहिलेको सरकारी समिति भङ्ग भएको भन्दै आन्दोलनकारीहरुले अब उच्च स्तरीय वार्ता समिति गठन नगरे भोलिदेखि अर्को चरणको आन्दोलन हुने बताए ।

यसअघि माघ २२ गते वार्ता हुँदा ६ बुँदे सम्झौता भएको थियो । त्यस पछि आन्दोलनको कार्यक्रम स्थगित भएको थियो ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शिक्षक आन्दोलनमा विश्वभरबाट सहयोग र ऐक्यबद्धता प्राप्त

अर्बौंको कर छली गर्ने मालपानी बाणिज्य विभागको फन्दामा

प्रजातान्त्रिक उदार शासन प्रणालीमा कूटनीतिका आयाम

केदारनाथ शर्मा बने भूमि व्यवस्था सचिव

चन्द्रकला पौडेल सचिवमा बढुवा

शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

अमिनविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा

निजामती कर्मचारीले पेन्सन पाउनेले वृद्धभत्ता नपाउने

बिशेष