सिंहदरबार छाडेर गोर्खा खटिनु अपराध हो र ?

माओवादी सत्तामा हुँदा सबैभन्दा बढी लाभ उठाउने कर्मचारीमध्य एक हुन कमानसिंह थापा । माओवादीका तीन तीन जना मन्त्रीका सचिवालयमा परिक्रमा लगाएका उनै उपसचिव अहिले पेलानमा परेर गोर्खा जिल्लाको एउटा पालिकामा पुगेका छन् ।

बिज्ञापन

दुर्गम पहाडी जिल्ला रोल्पा-४ तित्रिकोटमा साढे तीन दशक अगाडि जन्मिएका थापा ०६३ माघ २० गतेबाट निजामती सेवामा पाइला राखेका हुन,कार्यालय सहयोगीबाट । पियनबाट निजामती सेवामा पाइला राखेका कमानले पछिल्ला दुई दशकमा राम्रै प्रगति गर्दै गएका छन् । त्यस समय करेटी गाविसमा सचिव चलाए । नायब सुब्बामा बढूवा पछि  राक, तालावाङ, करेटी र लिवाङ गाविस सम्हाले । अफिसरमा नाम निस्किए पछि मालपोत कार्यालय रोल्पाको प्रमुख चलाए । जतिखेर कृष्णबहादुर महरा सभामुख थिए उनको ज्वाई रोल्पाको प्रमुख,सो समयमा रोल्पा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत चलाए । केही समय कुल प्रसाद केसी मुख्यमन्त्री हुँदा  यामबहादुर बूढा,नरेन्द्र राना मगर सहित कमानसिंह मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेर काम गरेका कर्मचारी हुन ।

बिज्ञापन

बर्षमान पुन मन्त्री बनेपछि उर्जा मन्त्रालयमा इन्ट्री भएका उनी यस्ता कर्मचारी हुन कि माओवादीको एक मन्त्रीको सचिवालयबाट अर्काे मन्त्रीको सचिवालयमा सरुवा भए । अधिकांश मन्त्रालयमा कर्मचारी प्रशासनको जिम्मेवारी सम्हाले,थापाले ।  अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हुँदा कर्मचारी प्रशासन शाखामै बसे । मोदीको बहिर्गमनसँगै सामान्यबाट बाहिरिएका थापा पुन अर्थमन्त्री हुनासाथ अर्थको कर्मचारी प्रशासन शाखाको जिम्मेवारीमा पुगे । यस्तै बर्षमान पुन जति पटक मन्त्री भए उति नै पटक तिनको सचिवालयमा बसेर लाभ उठाएका कर्मचारी हुन उनी ।

अर्थ मन्त्रालयमा हुँदा तत्कालीन मन्त्री बर्षमान पुन र अर्थ सचिव मधुकुमार मरासिनीलाई मनाएर सबैभन्दा बढी लाभ लिने पनि उनै थिए । उनी त्यस समय अर्थ मन्त्रालयको कर्मचारी प्रशासन शाखामा थिए । सो समयमा बिशाल बजार कम्पनीको सीईओ, कृषि विकास बैंक, राष्ट्रिय बाणिज्य बैंक, राष्ट्रिय वीमा कम्पनी जीवन र निर्जीवन दुवै, स्टक एक्सचेन्ज लगायत ६ वटा भन्दा बढी संस्थान र बैंकको पदपूर्ति समितिका सदस्यको जिम्मेवारी एकै साथ सम्हाले । यद्यपि थापाले भने,कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंक बाहेक अन्य पदमा आफू नियुक्त भएको बिषय झूठो भएको जनाएका छन् ।

बिज्ञापन

बर्षमान मन्त्री हुँदा उनको नजिक रहेर काम गरिरहेका उनी  एमाले र माओवादीको गठबन्धन भत्किएर अर्थमन्त्रीका रुपमा बिष्णु पौडेल आएसँग आफू एमाले निकटकै कर्मचारी हुँ भन्दै भन्सारमा जान जोडबल गरे, भन्सार तर्ने अवस्था नदेखे पछि ‘राजधानीमा हामीजस्ता रोल्पाली कर्मचारीलाई बस्न नदिने रहेछन्’ भन्दै हालैमात्र गोर्खाको पालुङ्गटारको  प्रमुख प्रशासकीय अधिकृतका रुपमा हाजिर भइसकेका छन् । थापाले भने आफू प्रशासन समूहको कर्मचारी भएको कारण भन्सारमा जानका लागि जोडबल गरेको भन्ने बिषय नै गलत भएको भन्दै  समाचारको खण्डन गरेका छन् ।

यद्यपि यी बिषयमा उपसचिव कमानसिंह थापाले  १५ वर्ष सेवा अवधीमा १२ वर्ष काठमाडौं बाहिर र दुर्गममा सेवा गरेको, पेलियर नभई आफैंले मागेर दुर्गम भनिने गोरखामा २०८१ मंसिरमा सरुवा भएर आएको भएको कारण यो ताजा बिषय नभएको भन्दै उनले प्रष्ट पारेका छन् । आफू माओवादीको मात्र नभइ राप्रपाको कमल थापा (स्थानीय विकास मन्त्री, माओवादीको नारायणकाजी श्रेष्ठ (गृहमन्त्री) रास्वपाको रबि लामिछाने (गृह मन्त्री), नेपाली कांग्रेसको बालकृष्ण खाँण गृहमन्त्री र एमालेको लिला गिरी (मुख्यमन्त्री) हुदा पनि उहांहरु मातहत निकायमा बसेर काम गर्ने अवसर पाएको हुँदा माओवादीसँग मात्रै जोडेर दुष्प्रचार गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् । ‘कर्मचारी सरुवा नियमित प्रक्रिया हो । त्यही नियमित प्रक्रिया अनुसार आफू पालुङटार नगरपालिकामा खटेको हुँ । समाचारमा उल्लेख भएजस्तो पेलिएर,पेलानमा परेर स्थानीय तहमा आएको होइन । एउटा राष्ट्रसेवक राज्यले जहाँ खटाउँछ,त्यहाँ गएर काम गर्ने हो । राज्यले खटाएको ठाउँमा आफूले खुसीसाथ काम गरिरहेको’ उनको प्रतिक्रिया छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बाघ भैरवबारे सामान्य जानकारी

१४ बर्षको इतिहासमा दोहोर्याएर महानिर्देशक,ग्रे लिष्टबाट बाहिर निकाल्ने मुख्य टिओआर

मलेसियालाई हराउँदै नेपालले जित्यो टी–२० सिरिज

डेढ घण्टा लिखित बयान दिएर साइवर व्युरोबाट निस्किए महेश बस्नेत

बाढीपहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माणमा १२ अर्ब ३८ करोड लाग्ने अनुमान

सशस्त्रकी इन्स्पेक्टर डा. सिटौलालाई सेवाबाट हटाइँदै

कर्मचारीहरुले फेरि कासमू भर्नुपर्ने,साता दिनभित्रै सुपरिवेक्षक र पुनरावलोकनकर्ताबाट मूल्यांकन गराउन परिपत्र

यी हुन् एउटै अड्डामा राज गर्ने निकुञ्जका `डन´ कर्मचारीहरू

बिशेष