बजेट खर्च सकेनन ओली सरकारका यी मन्त्रीहरुले

चालु आर्थिक वर्षको ६ महिनामा ६ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार २०८१/८२ मा १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख बजेट विनियोजन भएकोमा २०८१ पुस मसान्तसम्म  कूल विनियोजनको ३५.८९ प्रतिशत खर्च भएको छ ।

बिज्ञापन

चालु आर्थिक बर्षको पुस मसान्तसम्मको मन्त्रालयगत खर्च स्थिति हेर्दा परराष्टर मन्त्रालयले सबैभन्दा बढी खर्च गरेको छ ।  विवरण अनुसार परराष्ट्र मन्त्रालयले विनियोजन गरेको कुल बजेटको ५० दशमलव ६४ प्रतिशत खर्च गरिसकेको छ ।  चालू आर्थिक वर्षको पहिलो ६ महिनाको अर्धवार्षिक प्रतिवेदन अनुसार बजेट खर्च गर्ने मन्त्रालयको दोस्रो नम्बरको सूचीमा रक्षा मन्त्रालय छ । रक्षाले यो अवधिमा ४६.३९ प्रतिशत रुपैयाँ खर्च गरेको पनि पनि तथ्यांकले देखाएको छ ।

बिज्ञापन

यस्तै तेश्रोमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ४३ प्रतिशत बजेट खर्च गरेको छ । यही अवधिमा गृह मन्त्रालयले ४१ दशमलव ४१ प्रतिशत बजेट खर्च गरेको छ । भूमि मन्त्रालयको बजेट खर्च ३५ प्रतिशत पुग्दा कानुन न्याय तथा संसदीय मामिला मनत्रालयले यो अवधिमा ३२ दशमलव ५४ प्रतिशत,प्रधानमन्त्रीको कार्यालयले विनियोजित बजेटको ३३ प्रतिशत खर्च गर्दा अर्थ मन्त्रालयले २२ प्रतिशत,कृषि मन्त्रालयले ३० दशमलव २३ प्रतिशत बजेट खर्च गरेको छ । सञ्चार मन्त्रालयले २८ दशमलव ७८ प्रतिशत बजेट खर्च गर्दा यो अवधिमा सबैभन्दा कमजोर देखिएका छन्,दामोदर भण्डारी ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दोहोर्याएर मन्त्री बनाएका भण्डारी अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालिरहेका छन् । उक्त मन्त्रालयले विनियोजित बजेटको ७ दशमलव ६२ प्रतिशत मात्रै खर्च गरेको छ । यस मन्त्रालयलाई ८ अर्ब ८ अर्ब ४ करोड बजेट विनियोजन भएकोमा ६१ करोड मात्रै खर्च भएको छ ।

बिज्ञापन

यस्तै सबैभन्दा कमजोर बजेट खर्च गर्ने मन्त्रालयमा शहरी विकास दोश्रोमा रहेको छ । उपप्रधान तथा शहरी मन्त्रायको जिम्मेवारी सम्हालिरहेका प्रकाशमान सिंहको उक्त मन्त्रालयका लागि चालू आर्थिक बर्षमा ६८ अर्ब बढी बजेट पाएको मन्त्रालयले कूल ११ प्रतिशतमात्र बजेट खर्च गर्न सकेको छ । मन्त्रालयले चालु आर्थिक बर्षको पुस महिना सम्ममा ७ अर्ब हाराहारी बजेट खर्च गर्न सकेको छ ।
दोश्रो न्यून बजेट खर्च गर्ने मन्त्रालय बनेको छ,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय । कर्मचारी सरुवामामात्र ध्यान केन्द्रित गरिरहेको सो मन्त्रालयका लागि ६ अर्ब ४९ करोड बजेट बिनियोजन भएकोमा यो अवधिमा १२ दशमलव ७४ प्रतिशतमात्र बजेट खर्च गरेको छ,राजकुमार गुप्ताले सम्हालिरहेको मन्त्रालयले ।

यस्तै सबैभन्दा न्यून बजेट खर्च गर्ने अर्काै मन्त्रालय बनेको छ,सबैभन्दा धेरै मन्त्रीका रुपमा रेकर्ड राखेका शरदसिंह भण्डारीले,श्रम मन्त्रालयले यो अवधिमा जम्माजम्मी १४ प्रतिशतमात्र बजेट खर्च गर्न सकेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पूर्व सचिव र सहसचिवसहित चारविरुद्ध ५अर्ब २५ करोडको मुद्दा दायर

सिआइबीको अनुसन्धानमा तानिएकी पन्तलाई कसले भगायो ?

प्रतिनिधि सभा बिघटनविरुद्धको रिटमा कारण देखाऊ आदेश

हेटौँडा अस्पतालमा ६ दिनको नवजात शिशुको मृत्यु, उपचारमा लापरबाहीको आरोप

एमाले महाधिवेशनमा क्रस भोटिङ : चार घण्टामा खस्यो ४१७ मत

लोक सेवाले माग्यो २५४ अधिकृत

लोकसेवा प्रक्रियामाथि सीधा प्रहार, कारागार विभागका डीजी–निर्देशकको सोलुखुम्बु ‘दबाब दौड’

सरकारविरुद्ध मुद्दा हाल्ने डीएफओमाथि प्रशासनिक कारबाही, निर्देशनालयमा तानियो

बिशेष