बढुवा सिफारिस समितिले सात जना अधिकृत तहका कर्मचारीहरु उपसचिव बढुवा सिफारिस गरेको छ । समितिको हिजो बसेको बैठकले नेपाल इञ्जिनियरिङ सेवा,विभिन्न उपसमूहका अधिकृत तहका कर्मचारीलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ ।
बिज्ञापन
बढुवा सिफारिस भएकाहरुमा नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इञ्जिनियरिङ समूह,जनरल उपसमूहबाट श्रवण कुमार चौधरी र दिन विनोद खड्का,नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इञ्जिनियरिङ समूह,हाइवे उपसमूहतर्फबाट सविना रानाभाट,मनिषमान शाक्य र दिपक सुनार बढुवा सिफारिस भएका छन् ।
बिज्ञापन
यस्तै समितिले नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इञ्जिनियरिङ समूह,स्यानिटरी उपसमूहबाट प्रदिप रेग्मीलाई बढुवाका लागि सिफारिस गरेको छ । समितिले यी सातै जना अधिकृतहरुलाई जेष्ठता र कार्यसम्पादन मुल्यांकनका आधारमा बढुवा सिफारिस गरेको हो ।