काठमाडौंको पश्चिमी क्षेत्रमा अवस्थित पर्ने साँखु मालपोत कार्यालय सोही कार्यालयमा तीन खरिदारको कब्जामा रहेको गुनासो चुलिएको छ । सो कार्यालयमा तीन जना खरिदारहरु आधा दशकदेखि रजगज गर्दै आएका छन् । उनीहरु हुन सन्तलाल श्रेष्ठ,ठगबहादुर कटवाल र फणिन्द्र ढुंगना ।
बिज्ञापन
निजामती ऐनले कुनै पनि कर्मचारीलाई बढीमा दुई बर्षभित्र एउटा कार्यालयबाट अन्य कार्यालयमा सरुवा गर्नुपर्ने व्यवस्था गरेको छ । तर ऐनको बर्खिलाप हुने गरी सो कार्यालयमा तीन खरदार विगत पाँच बर्षभन्दा लामो समयदेखि सोही कार्यालयमा कार्यरत रहेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरुमध्ये केहीलाई सरुवा गर्यो तर कस्को आर्शिवाद पाएर सरुवा वदर गरी पुन सोही कार्यालयमा फर्किएका होलान ?
बिज्ञापन
कर्मचारी संकेत नम्बर १५५५५१ रहेका सन्तलाल श्रेष्ठ ०७६ साल कार्तिक ५ गतेदेखि सो कार्यालयमा कार्यरत छन् । उनी ५ बर्षभन्दा बढी समयदेखि सोही कार्यालयमा कार्यरत रहेका छन् । यस्तै १६६४२६ संकेत नम्बर रहेका ठगबहादुर कटवाल ०७६ साल साउन १ गतेदेखि त्यहाँ कार्यरत छन् । उनी सोही कार्यालयमा कार्यरत रहेको ५ बर्ष पूरा भइसकेको छ । यस्तै अर्काे चल्दापुर्ता खरदार छन्, फणिन्द्र ढुंगना,२३४१०९ संकेत नम्बर भएका उनी ०७६ साल माघ १४ गतेदेखि सोही कार्यालयमा कार्यरत रहेका छन । हालसालै संघीय मामिला तथा सामान्य प्रसशान मन्त्रालयले त्यहाँबाट उनको सरुवा गरेको थियो तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई मोटो रकम पेलेर ढुंगना सरुवा उल्टाउन सफल भएर सोही कार्यालयमा फर्किएका छन् । ढुङ्गनाले आफ्नो सरुवा बदर गर्न भए भरका शक्तिकेन्द्र प्रयोग गरेका छन् । लामो समयदेखि मालपोतमा जरा गाढेर बसेका उनले भए भरका शक्तिकेन्द्र प्रयोग गरेर सरुवा बदर गराएका हुन ।
ठगबहादुर कटवाल पशुपति पोखरेल संयोजक रहेको स्वतन्त्र निजामती कर्मचारी अभियानका हर्ताकर्ता हुन । सो कार्यालयका प्रमुख हुन कुमार खड्का,उनी भूमि व्यवस्था मन्त्रालयका विचौलियाका रुपमा चिनिएका प्रमोद खड्काको जोडबलमा सो कार्यालयमा पुगेका हुन । कुमारलाई मासिक रुपमा मोटो रकम बुझाउने भएका कारण उनको सरुवा उल्टाएर त्यही लगिएको र हाकिमले च्याप्ने गरेको सोही मालपोतका कर्मचारीहरु बताउँछन् ।
बिज्ञापन
त्यहाँका हर्ताकर्ता ढुंगना मुद्धा शाखाका चल्दापुर्ता खरिदार हुन । रजिष्ट्रेसन क शाखामा ठगबहादुर कटवाल र सन्तलाल श्रेष्ठ केही महिना पछि अवकाशमा जाँदैछन् । पछिल्लो समय सो कार्यालयले छुट दर्ताको नाममा बदमासी गर्दै आएको मालपोत कार्यालयकै कर्मचारीहरुले बताएका छन ।व्यापक बदमासी भइरहेको गुनासो सर्वसाधरणदेखि मालपोतकै कर्मचारीहरुले गर्दै आएका छन् । पछिल्लो पटक छुट दर्ताका नाममा व्यापक चलखेल हुने गरेको भेटिए पछि हालैमात्र काठमाडौं उपत्याका विकास प्राधिकरणले समेत उक्त मालपोत कार्यालयसहित उपत्याकाका सबै मालपोत कार्यालयहरुलाई अवैद्य कित्ताकाट रोक्न कडाइ गर्दै परिपत्र गरिसकेको अबस्था छ ।