कर्मचारीले ढिलासुस्ती गरे,फाइल अड्काए गुनासो टिपाउन प्रधानमन्त्री कार्यालयको अपील

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी काम कारबाही समयमै काम नसकाउने, फाइल अड्काए तत्कालै त्यस्ता कर्मचारीविरुद्ध गुनासो टिपाउन अपिल गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता प्रेम प्रसाद अचार्यले आज एक विज्ञप्ति जारी गर्दै सङ्‌घ, प्रदेश र स्थानीय तहका सबै सार्वजनिक कार्यालयहरूबाट सम्बन्धित सेवाग्राहीलाई प्रदान गरिने विभिन्‍न सेवाहरू तोकिएको समयावधिभित्र अनिवार्य रूपमा प्रदान गर्ने एवम् समयमै कार्यसम्पादन गर्ने तथा कम्प्युटरीकृत सूचना प्रविधिलाई नागरिक एपसँग अन्तरआवद्धता गरी शीघ्र सार्वजनिक सेवाप्रवाह गर्ने व्यवस्थाका लागि नेपाल सरकारका सबै मन्त्रालय, सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयहरू एवं सबै महानगर,उपमहानगर,नगर र गाउँ कार्यपालिका कार्यालयहरूमा अनुरोध गरिएको उल्लेख गरिएको छ ।

बिज्ञापन

विज्ञप्तिमा भनिएको छ,उपर्युक्त प्रावधान बमोजिम कार्यसम्पादन र सेवा प्रवाह भए नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय सतर्कता केन्द्रबाट नियमित रूपमा अनुगमन हुने व्यवस्था समेत मिलाइएको छ। तोकिएको समयावधिमा कुनै सार्वजनिक पदाधिकारीले सेवा प्रवाह एवम् कार्यसम्पादन नगरी अनावश्यक ढिलाइ गरेमा केन्द्रमा सम्बन्धित मन्त्रालयका सचिव वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको हेलो सरकार कक्ष टोल फ्रि नं. ११११, इमेल [email protected] वेबसाइट https://gunaso.opmcm.gov.np, प्रदेशमा सम्बन्धित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव एवं जिल्लामा सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरू समक्ष आफ्नो गुनासो टिपाउन सम्बन्धित सबैमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हार्दिक अपिल गर्दछ।​​​​​​​

बिज्ञापन
combinepdf-1

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष