एमालेकै कर्मचारी नेता घुससहित पक्राउ परेको कार्यालयमा मन्त्रीको छड्के

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय किताब खाना (शिक्षक) को छड्के अनुगमन गरेकी छन् । ताहाचलस्थित किताबखानाको कार्यालयमा पुगेर मन्त्री भट्टराईले छड्के अनुगमन गरेकी हुन् ।

बिज्ञापन

गत पुस १४ गते किताबखाना कार्यालयका शाखा अधिकृत धनेश्वर प्रसाई पेन्सपट्टा बनाउन पुगेका शिक्षक भोजराज भट्टराईसँग लाख घुस लिदैँ गरेको अवस्थामा रंगेहात पक्राउ परेका थिए । यो प्रकरणमा अघिल्लो सातामात्र प्रसाईविरुद्ध अख्तियारले विशेषमा मुद्धा दायर गरेको छ । एमाले निकट कर्मचारीकै नेता घुससहित पक्राउ परेको उक्त घटनाको महिना दिनपछि मन्त्री सो कार्यालयमा छड्के अनुमगनका लागि पुगेकी हुन ।

बिज्ञापन

अधिकृतले  पेन्सन पट्टा बनाउन आउने सेवाग्राहीसँग ३ लाख रुपैयाँ घुस लिएका थिए । यो प्रकरणमा एमाले निकट कर्मचारी संगठनका नेता समेत रहेका शाखा अधिकृत धनेश्वर प्रसाईंलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेर मुद्धा समेत दायर गरिसेकेको छ । घुस लिने प्रसाई नेपाल निजामती कर्मचारी संगठन शिक्षा मन्त्रालयका विभागीइ कार्यसमितिका कोषाध्यक्ष हुन । उनी पक्राउ परे यता समेत निजामती किताबखाना शिक्षाका कर्मचारी र विचौलियाहरुले सेटिंग मिलाएर घुस लिने गरेको गुनासो बढेपछि मन्त्री अनुगमनका लागि त्यहाँ पुगेकी हुन । पटक पटक बदनाम बन्दै गएको तथा सेवाग्राहीहरूबाट समेत व्यापक रूपमा गुनासो आउने थालेपछि मन्त्री भट्टराई छड्के अनुगमनमा पुगेकी हुन् ।

अनुगमनका क्रममा मन्त्री भट्टराई समक्ष सेवाग्राहीहरूले छिटो छरितो सेवा प्रवाह नभएको, अनलाइनमार्फत सेवा दिनुपर्ने जस्ता विषयमा गुनासा राखेका थिए । पेन्सन पट्टाका लागि अर्थ मन्त्रालयबाट आएको अध्यादेशको नयाँ व्यवस्थाअनुसार कार्य अघि बढाउन शिक्षामन्त्री भट्टराईले निर्देशन दिएकी छिन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राजेन्द्र खेतान जहाँ,विवाद त्यहाँ

७७ वटै जिल्लाका सीडीओलाई गृह सचिवको ६३ बुँदे निर्देशन

अस्ति राजीनामा,आज भ्रष्ट्राचार मुद्धा,बढुवाको मुखैमा निलम्बनमा परे काफ्ले

पूर्वसचिव डा. संगीता मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नर्सका माग सम्बोधन गर्न अतिरिक्त सचिवको संयोजकत्वमा १४ सदस्यीय समिति,तीन बुँदे टिओआर

शहरी विकास मन्त्रालयको ६१ अर्ब बजेट कटौती

नापी प्रमुखहरुको सरुवाको तयारी,यस्तो छ ४४ उपसचिवहरुको पृष्टभूमि

थप २५ वटा रुग्ण सडकका ठेक्का तोड्ने प्रक्रिया प्रारम्भ

बिशेष