निजामती प्रशासन झैं न्यायलयको सरुवामा उस्तै भद्रगोल

निजामती प्रशासनमात्र होइन न्यायलयको सरुवामा पनि उस्र्त विकृती र विसंगती छन् । यस्तै विकृतीको एउटा बान्की हिजो साँझ देखिएको छ । पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध मुद्धा दर्ता भएकै दिन एक जिल्ला न्यायधिवक्ता रातारात सरुवामा परेका छन्,यो सरुवा पछिको कारण के होला ?

बिज्ञापन

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई सङ्गठित अपराध सम्बन्धी कसुरमा अभियोजन गर्नबाट उन्मुक्ति दिन खोजेको आरोप लगाउँदै ती सरकारी वकिल रातारात काठमाडौं तानिएका हुन ।यसरी काठमाडौं तानिएका कर्मचारी हुन, जिल्ला सरकारी वकिल कार्यालय चितवनका प्रमुख शान्तिप्रसाद लुइँटेल  ।

बिज्ञापन

उक्त सहकारीको सवा ३८ करोड रकम रवि लामिछाने प्रवन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्क प्रालिमा ल्याएर हिनामिना गरेको प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले हिजो दिउँसो १५ जना व्यक्ति र पाँच कम्पनीविरुद्ध अभियोजन दर्ता गरेको थियो । जिबी राई, छविलाल जोशी, रामबहादुर खनाललगायतविरुद्ध सहकारी ठगी र संगठित अपराधको मुद्धा दर्ता हुँदा रविलाई भने सहकारी ठगीको मुद्धामा मात्रै प्रतिवादी बनाए पछि उनी सरुवामा परेका हुन ।

न्यायधीशमाथि छानबिन सुरु भएको छ। हिजो साँझ नै लुइँटेल काठमाडौं तानिएका छन्। त्यहाँ बुटवलस्थित उच्च सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता रवि न्यौपानेलाई खटाइएको छ । यो सँगै महान्यायाधिवक्ता कार्यालयले हिजै नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेर छानबिन शुरु गरेको छ ।

बिज्ञापन

गत वर्ष कात्तिक २० गतेदेखि जिल्ला न्यायाधिवक्ताको जिम्मेवारी सम्हालेका लुइँटेल लामिछानेविरुद्ध मुद्धा दर्ता भएकै दिन एकाएक सरुवा भएका हुन ।

कारवाहीस्वरुप काठमाडौँ तानिएका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेल पोकोपन्तुरो बोकेर चितवनबाट स्थलमार्ग हुँदै काठमाडौँ आउने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नियमित तालिका तोड्दै मन्त्रिपरिषद् बैठक: डेपुटी गभर्नर नियुक्तिको संकेत

नयाँ सरकारमा पनि देखियो ‘नेपोटिज्म’

सामान्य प्रशासन मन्त्रीले बनाए कर्मचारीहरूको सरुवा गर्ने नयाँ टिम

राजनीतिक नियुक्ति खाएका ११ सयको कुर्सी धरापमा

कर्मचारीको इन्धन सुविधामा व्यापक कटौती

शासकीय सुधारका १०० बुँदाअन्तर्गत स्वास्थ्य क्षेत्रका काम अघि बढ्दै

प्रधानमन्त्री शाहको निर्देशनपछि सतर्कता केन्द्र सक्रिय

लेखा अधिकृत पौडेलविरुद्ध २ करोड ५८ लाखको मनी लाउन्डरिङ मुद्दा

बिशेष