राज्यव्यवस्था समितिका सभापति र सदस्यलाई ट्रेड युनियनकर्मी भट्टराईको ध्यानाकर्षण पत्र

संघीय निजामती सेवा ऐनको मस्यौदा संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल चलिरहेका वेला नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सचिव समेत रहेका प्रकाश भट्टराईले समितिका सभापति तथा सदस्यहरुलाई पत्र लेख्दै विभिन्न विषयमा ध्यानाकर्षण गराएका छन् ।

बिज्ञापन

उनले नेपालको निजामती सेवामा रहेका समस्या, तीनै तहका कर्मचारीले भोग्नु परेका कठिनाई, ऐनमा समेटनु पर्ने कुराहरु लगायतका विषय समेटेर समितिका सबै सदस्यलाई छुट्टाछुट्टै पत्र लेखेका हुन । उनले नागरिकलाई सर्वसुलभ, छिटोछरितो, प्रभावकारी सेवाप्रवाह चाहिएको छ, सरकारलाई नीति/निणर्य कार्यान्वयन गर्न सक्षम, दक्ष एवम् व्यावसायिक कर्मचारी संयन्त्र चाहिएको छ भने आफ्नो सम्पूर्ण जीवन राष्ट्रसेवामा समर्पित गरेका कर्मचारीलाई आत्मसम्मानयुक्त पेशागत मर्यादा, सेवाको सुरक्षा, पूर्वअनुमानयोग्य वृत्तिपथ र आदर्श जीवनयापनका लागि आवश्यक सेवा सुविधाको अपेक्षा रहेको भन्दै तीनै पक्षका चाहना एवम् आवश्यकतालाई पूरा गर्ने किसिमको कानून निर्माण आग्रह गरका छन ।

बिज्ञापन

बिज्ञापन

प्रस्तावित ऐनले निजामती सेवाका विश्वव्यापी सिद्धान्त तथा मूल्य र मान्यताको अनुशरण गर्दै प्रशासनिक संघीयताको कार्यान्वयनका आधार निर्माण एवम् प्रदेश निजामती सेवा र स्थानीय सेवालाई आवश्यक मार्गदर्शन गर्नुपर्ने, सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता अभिवृद्धिका लागि क्षतिपूर्तिसहितको नागरिक सेवाको प्रत्याभूति दिलाउनु पर्न, स्वेच्छिक अवकाससहित समायोजन पुनरावलोकनको व्यवस्था गर्नुपर्ने, कानूनको कार्यान्वयनमा संघीय निजामती सेवा/प्रदेश निजामती सेवा/स्थानीय सेवा उल्लेख गरे पनि संघ, प्रदेश र स्थानीय तीनै तहमा कार्यरत कर्मचारीलाई ‘निजामती कर्मचारी’को परिभाषामा समेट्नु पर्ने, निश्चित सेवाअवधि पूरा गरेपछि माथिल्लो श्रेणीमा बढुवा हुने Exit Plan सहितको स्वचालित बढुवा प्रणालीको व्यवस्था गर्नपर्ने, तीनै तह (संघ, प्रदेश र स्थानीय तह) मा स्वचालित र पूर्वानुमानयोग्य सरुवा प्रणाली (प्रदेश र स्थानीय तहका कर्मचारीको प्रदेशभित्र स्वचालित सरुवा प्रणाली र अन्तरप्रदेश सरुवाको व्यवस्था) गर्नुपर्ने, करार सेवामा लामो समय काम गरेका व्यक्तिलाई समुचित सेवा सुविधाको व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन ।

राज्य व्यवस्था तथा सुशासन समितिमा पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल, कांग्रेस महामन्त्री द्वय गगन कुमार थापा र विश्व प्रकाश शर्मा, रास्वपा सभापति रवि लामिछाने एमाले नेता रघुजि पन्त, जनमोर्चाका चित्र बहादुर के.सी. राप्रपाका बुद्धिमान तामाङ लगायतका विभिन्न दलका २७ जना सांसद सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

गभर्नर नियुक्तिमा नयाँ मोड :-देउवा बोक्ने,निलमले रोक्ने

ओलम्पिक कमिटीको नयाँ कार्यसमितिले पायो आइओसीबाट मान्यता

सहसचिवको अन्तिम नतिजा सार्वजनिक

‘कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको चित्त बुझ्ने गरी निजामती ऐन आउँछ’ : सभापति खतिवडा

‘मुख्य सचिव र सचिवको पदावधि घटाऔं,अतिरिक्त सचिवको व्यवस्था नराखौं’ : अर्थ सचिव उपाध्याय

कुलिङ पिरियड र अतिरिक्त सचिवको बिषयमा सहमति जुटाउन राज्यव्यवस्था समितिलाई सकस

सशस्त्रको ब्यारेकमा मध्यरातमा गोली चले पछि…

अतिरिक्त सचिवको प्रावधानप्रति मुख्यसचिवको असन्तृष्टि

बिशेष