सहसचिवको टोलीले समस्या समाधान गर्न नसक्ने आन्दोलनरत पक्षको निष्कर्ष

सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । गृहमन्त्रीस्तरको निर्णयबाट मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरिएको हो ।

बिज्ञापन

भट्टराईको संयोजकत्वमा गठित समितिमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि रहेका छन् । तर ती मन्त्रालयका प्रतिनिधिको नाम गृह मन्त्रालयले खुलाएको छैन । तर गृहले बनाएको वार्ता टोलीले समस्याको सामाधान नहुने आन्दोलनर पक्षले जनाएका छन् ।
उनीहरुले यो राजनीतिक विषय भएकाले कर्मचारीबाट नभई राजनीतिक तहको समिति बन्नुपर्ने माग राखेका छन् । उनीहरुले उच्च स्तरको राजनीतिक नेतृत्वको वार्ता टोली गठन हुनुपर्ने औंल्याएको छ। पाथीभरा क्षेत्र र केवलकारको निर्णय राजनीतिक तहबाट भएकोले जारी समस्या समाधान पनि राजनीतिक तहको वार्ता टोलीमार्फत हुनुपर्ने आन्दोलनरत कर्मचारीहरुले बताएका छन् ।

बिज्ञापन

वार्ता समिति पोलिटिकल लेभलबाट बन्नुपर्नेमा कर्मचारी तहबाट बनेकोले राजनीतिक तहको समितिसँग वार्तामा बस्ने पक्षमा मात्र आफूहरू रहेको र कर्मचारीहरुसँग वार्ता नगर्ने आन्दोलनरत घटकका एक किराँत याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम एक्तेन बताएका छन् ।

माघ १५ गतेबाट आन्दोलनरत पक्षले मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकामा यातायात बन्द गरेका उनीहरूले माघ २० र २१ गतेका लागि अरुण पूर्वका ९ जिल्लामा यातायात बन्दको आवह्वान गरेका छन्। माग पूरा नभए उनीहरूले अरुण पूर्वका ९ जिल्लामा आम हड्ताल समेतको घोषणा गरिसकेका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१२ को परीक्षामा निजामती कर्मचारी परिचालन अमान्य : ट्रेड युनियन

प्रेस चौतारीका पूर्वसचिवविरुद्ध भ्रस्टाचार मुद्दा,नियुक्तिको दुई दिनमै निलम्बन

स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउन बीमा बोर्डको निर्णण

निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा

शाखा अधिकृत गिरीविरुद्ध भ्रष्टाचार मुद्दा

संघीय निजामती सेवा विद्येयक : आज कर्मचारी ट्रेड युनियनसँग छलफल, भोलि पारित गर्ने तयारी

कक्षा १२ को परीक्षा नरोकिने,निजामती कर्मचारी परिचालन गरेर सञ्चालन हुने

शिक्षक आन्दोलनमा विश्वभरबाट सहयोग र ऐक्यबद्धता प्राप्त

बिशेष