राजश्व अनुसन्धान विभाग,पुल्चोकका केही कर्मचारी व्यक्तिगत स्वार्थ सिद्ध गर्न लागि परेको बिषय संघीय संसदमै कुरा उठेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भ्रष्टाचार पनि नगर्ने र भ्रष्टाचारीको मुख पनि नहेर्ने उद्घोष गरिरहँदा संसदबाटै एक संसदले प्रधानमन्त्री मातहतकै कार्यालयबाट खुलेआम भ्रष्टाचार भइरहेको बताएका हुन । । राष्ट्रिय प्रजातन्त्र पार्टी पाका अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधि सभामा यस्तो बिषय उठाएका हुन ।
बिज्ञापन
प्रधानमन्त्रीले सिद्धबाबाको सुरुग मार्ग ब्रेक थु भएको,बंगलादेशसँग विद्युत व्यापारको उपलव्धी सुनाउनु भयो । यो सरकार नभएको भए सिद्धबाबाको सुरुग मार्ग ब्रेक थु हुँदैनथ्यो । काँग्रेस एमाले मिलेर बनेको सरकारको उपलव्धी यही हो । यो हेर्ने हो भने मुलुकमा सरकार छैन भने हुन्छ । सरकारले सुशासनको क्षेत्रमा के गर्यो ? देशभित्र कति हजारका लागि रोजगार सृजना गर्यो ? बैंकमा विदेशी मुद्रा सञ्चिति बढेको छ,यो सरकारको कारण भएको हो ? कि हाम्रो भाइ छोरा बेचेर आएको पैसा हो । त्यो पैसा पनि खर्च गर्न सकेको छैन । गत ६ महिनाको समय निराशाजनक छ । यो सरकार भ्रष्टचार र भ्रष्टाचारीको संरक्षणमा लागेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहतको एउटा कार्यालय छ राजस्व अनुसन्धान विभाग भन्ने छ, हामी प्रधानमन्त्री मातहतमा छौं, अरु कुनै नेतालाई नभन्नु, कुनै नेतालाई भन्नु भो अझै दु:ख पाउनुहुन्छ भन्दै व्यापारीहरुलाई सताएर पैसा उठाइरहेको छ । सबैलाई थाहा छ अहिले कुन व्यापारीकोमा छापा मार्यो भने बिल नमिलेको सामान छैन होला बोर्डरबाट छाडिदिएको छ मिलेमतोमा त्यति मात्रै होइन खुला बोर्डरको फाइदा पनि उठाएको छ अनि गएर प्रधानमन्त्री अन्तर्गतको त्यो राजस्व अनुसन्धान विभागले छापा मार्ने अनि सल्लाह गर्न आउ भन्ने काम त अहिले पनि भैरहेको छ । यो कुरा म प्रधानमन्त्रीलाई भन्न चाहान्छु । तपाईको ६ महिना कार्याकालमा तपाई वरिपरीका मान्छेहरुले नियुक्तिमा करोडकरोड अफर गरिरहेका छन् तपाईले धक्कुका साथ भन्नु भो म भ्रष्टाचार गर्दिन। गर्न दिन्न तर तपाईले गर्नुहुन्छ या गर्नु हुन्न तर तपाई वरिपरिकाले गरिहरेका छन् ।
मलाई लाग्छ तपाई सूचनाबाट विमुख हुनुहुन्छ । पञ्चतन्त्रको राजा जस्तो की पापीहरुले नदेख्ने धर्मात्माहरुले मात्रै देख्ने लुगा लगाएर तपाईहरु हिडिराख्नु भएको छ । त्यो बलकको काम मैले गरिरहेको छु तपाईहरु नाङगो हुनुहुन्छ । अहिले पनि भ्रष्ट्राचार व्याप्त छ। तपाईहरुका वरपरका मान्छेहरु भ्रष्टाचार र उठ्तीपुठ्तीमा छन् । सरकारले निर्माण व्यवसायीको भुक्तानीमा पनि पैसा उठाइरहेका छन्। सरकारले ऐन कानुन नै नै बनाएर भ्रष्टाचारीहरुको संरक्षण गर्ने काम गरिरहेका छ । त्यो रोकिनुपर्दछ ।
पछिल्लो समय राजस्व अनुसन्धान विभाग एमालेको घर बन्दै आएको छ । एमाले निकटकै कर्मचारी चण्डी घिमिरे अहिले त्यहाँको प्रमुख छन् । छायाँ डिजीका रुपमा त्यहाँ अहिले राजन विसी छन् उनले व्यवसायी पशुपति लाठमार्फत न्यूरोडका मारवाडी व्यपारी र घरानालाई आतकित पार्ने गरेको व्यवसायीहरुको आरोप छ । उनले विभागको २ नम्बर,३ नम्बर पिल्लर र यस अघि आफू बसिसकेको पथलैया र बुटबल हेर्दै आएका छन् । सुन,भेप र लक्जरी लगायतका महत्वपूर्ण सामानहरु उनैले हेर्दै आएका छन् ।यस्तै त्यही विभागको चार नम्बर पिल्लर हेर्दै आएका छन् मणिराम पौडेल । दुई पटकसम्म भैरहवा भन्सारमा बसेका उनी पछिल्लो पटक काजु काण्डमा मुछिएर त्रिवि एयरपोर्ट भन्सारमा तानिएका हुन । केही महिना अगाडि मात्र उपसचिव बनेकी कृष्णकुमारी श्रेष्ठलाई राजश्व अनुसन्धान विभागको उपमहानिर्देशक छिन,पद छ तर उनलाई कुनै जिम्मेवारी दिइएको छैन । त्यहाँ सभामुख देवराज घिमिरेका भतिज नाता पर्ने कम्युटर अपरेटर छायाँ डिजी बनेर उपल्ला तहका कर्मचारीहरुलाई थर्काउने र हप्काउने काम गर्दै आएको गुनासो कर्मचारीहरुले समेत गर्दै आएका छन् ।



































