अध्यादेश कार्यन्वयन गर्न धमाधम नियमावली बनाउँदै सरकार

सरकारले जारी गरेको अध्यादेश कार्यन्वयनका लागि धमाधम नियमावली बनाउने काम भइरहेको जनाइएको छ ।
सरकारले ल्याएका अध्यादेश सदनमा पेस गरेर फास्ट ट्र्याकमार्फत नियमावली बनाएर कार्यान्वयनमा जाने निर्णय गरेको सूचना प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङले बताएका छन् । सरकारले अध्यादेश ल्याउन पाउनु संवैधानिक अधिकार भएको भन्दै उनले अध्यादेशको बचाऊ गर्दै सुशासन प्रवर्द्धन र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नको लागि अध्यादेश ल्याएको जिकिर गरेका छन् । मन्त्री गुरुङले विपक्षीले भनेजस्तो संसद् छल्ने बदनियत सरकारको नरहेको र सदनमा नै खुला रूपमा अध्यादेशका बारेमा छलफल हुने स्पष्ट पारेका छन् । उनले अध्यादेश कार्यान्वयन गराउनका लागि धमाधम नियमावली बनाउने काम भइरहेको बताए।

बिज्ञापन

उता आज बसेको मन्त्रिपरिषद्को बैठकले माघ १६ गते सहिद दिवसको अवसरमा बुधबार काठमाडौँमा विशेष समारोह आयोजना गर्ने निर्णय गरेको छ । क्याविनेटले शहीद सप्ताहको अन्तिम शहीद दिवस नेपाल सरकारको तर्फबाट विशेष समारोह आयोजना गरेर मनाउने निर्णय गरेको हो ।
जस अनुसार भोली अर्थात सहिद दिवसका दिन पहिला सहिदगेट पुगेर माल्यार्पण गर्ने र त्यसपछि लैनचोर गएर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ । भोलि शहीद सप्ताहको अन्तिम दिन हो । शहीद दिवस नेपाल सरकारको तर्फबाट मनाउने काम हुन्छ । पहिला शहीदगेमा प्रधानमन्त्री सहित मन्त्रीहरुले माल्यापर्णसहित श्रद्धाञ्जली अर्पण हुन्छ । त्यसपछि लैनचोर गएर श्रद्धाञ्जली अर्पण गर्ने र सो पछि काठमाडौँको भृकुटीमण्डप वा अन्य कुनै खाली ठाउँमा विशेष समारोहको आयोजना गरिने भएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

स्थानीय तहमा खटाइएका २४ हाकिम बाटैबाट फिर्ता,१७९ ले सिंहदरबार छाड्नै मानेनन

लोक सेवा तयारीमा रणनीति, अनुशासन र मनोबल नै सफलता सूत्र: उपसचिव खगेन्द्र बर्देवा

७ उपसचिव र ५ शाखा अधिकृतको सरुवा : स्थानीय तहबाट ९ मन्त्रालयमा,२ लाई अन्तरपालिका

“स्पेक लकको सिन्डिकेट” : स्वास्थ्य सचिव डा. सुमित्रामाथि करोडौंको भ्रष्टाचार आरोपसहित अख्तियारमा उजुरी

भिजिट भिसा : पूरानो व्यवस्था खारेज,अब ६ महिनाको वैध पासपोर्ट भए पुग्ने

११ करोडको आइरन चक्की घोटाला: स्वास्थ्य सचिवमाथि गम्भीर आरोप

९ जना लेखा अधिकृतको सरुवा

लेखाका १२ उपसचिवहरुको सरुवा

बिशेष