सरकारी सेवाबाटै बर्खास्त हुदैछन् यी नायब सुव्वा

सडक विभागले एक सुव्वालाई सरकारी सेवाबाटै बर्खास्ती गर्ने तयारी गरेको छ ।  अध्ययन बिदा सकेर पनि काममा नफर्किएका सडक विभागका सबइञ्जिनियर अमोद पौडेललाई सडक विभागले स्पष्टीकरण समेत पेश नगरे पछि उनलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य हुने गरी सेवाबाट हटाउने तयारी गरिरहेको हो विभागले ।

बिज्ञापन

विभागले सडक विभाग पुलमा पदाधिकार रहेका नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूह, रा प अनं प्रथम श्रेणी, सबइन्जिनियर अमोद पौडेल लाई तीन बर्षका लागि बेतलबी अध्ययन बिदा स्वीकृत गराएकोमा बिदा सकिएको १५० दिनसमय व्यतित भइसक्दा समेत कार्यालयमा हाजिर नभएका उनलाई सन्तोषजनक स्पष्टीकरणसहित उपस्थित हुन भनेको हो ।

बिज्ञापन

विभागका अनुसार पौडेलले २०७८ भदौ ७ गतेदेखि लागू हुने गरी तीन वर्षका लागि बेतलबी अध्ययन बिदा स्वीकृत गराएका थिए । बिदा सकिएर उनी गत भदौ ७ गते कार्यालयमा हाजिर हुनुपर्नेमा बिना सूचना हालसम्म अनुपस्थित रहेको विभागको भनाइ छ ।

बिदा सकिएको पाँच महिना सम्म पनि कार्यालयमा अनुपस्थित रहेका पौडेल कार्यालयमा अनुपस्थित रहे पछि यस अघि नै गत पुस १३ मासर्वाजनिक सूचना प्रकाशन गरेर १५ दिनभित्र उपस्थित हुन भनिएको थियो ।
तर गोरखापत्रमा सूचना प्रकाशन गरिएकोमा पौडेलको तर्फबाट कुनै सफाइ वा प्रतिक्रिया प्राप्त नभएको हुँदा उनलाई निजामती सेवा ऐन, २०४९ को दफा ५१ (१) (छ) को कसुरमा सोही ऐनको दफा ५९ (ख) (१) बमोजिम भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी सेवाबाट किन नहटाउने ? सेवाबाट हटाउनु नपर्ने उचित र पर्याप्त कारण भए यो सूचना प्रकाशित भएका मितिले ३० दिनभित्र यस विभाग समक्ष आफ्नो सफाइ पेश गर्नुहुन निजामती सेवा ऐन, २०४९ को दफा ६७ बमोजिम यो सूचना प्रकाशित यो समयभित्र क्ष आफ्नो सफाइ पेश नगरे उनलाई भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने चेतावनी दिइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सूचनाको हक र पारदर्शिता 

अख्तियारमा परेको उजुरी मिलाइदिन्छु भन्दै घुस खाने अधिकृतविरुद्ध मुद्धा दायर

४७ सहसचिवको सरुवा

४७ सहसचिवको एकै पटक सरुवा,१८ लाई प्रदेशमा खटाइँदा एकलाई महानगरपालिका

आन्दोलनरत शिक्षक महासंघको सरकारलाई जवाफः ‘१२ को परिक्षामा सहभागी हुदैनौं’

१२ को परीक्षामा निजामती कर्मचारी परिचालन अमान्य : ट्रेड युनियन

प्रेस चौतारीका पूर्वसचिवविरुद्ध भ्रस्टाचार मुद्दा,नियुक्तिको दुई दिनमै निलम्बन

स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउन बीमा बोर्डको निर्णण

बिशेष