संघीय निजामती सेवा विधेयक उपर दफादार छलफल शुरु भएको छ । संघीय संसदमा दर्ता भएको करिब एक वर्षपछि दफावार छलफल सुरु भएको हो ।
बिज्ञापन
२०८० फागुन २१ गते प्रतिनिधि सभामा दर्ता भएको ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि आजदेखि संघीय संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा दफावार छलफल सुरु भएको हो । समितिले हिजोदेखि नै दफादार छलफल गर्ने तयारी गरेको थियो तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री काठमाडौं बाहिर रहेका कारण हिजोको बैठक स्थगित भएको थियो ।
बिज्ञापन
पूर्व मन्त्री अनिता देवीले २०८० फागुन २१ गते अनिता देवीले मन्त्री संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ सदनमा पेश गरेकी थिइन । सो को तीन महिनापछि २०८१ जेठ १५ मा दफावार छलफलका लागि समितिमा पठाएको थियो। उक्त विधेयकमा संशोधन १५८३ वटा संशोधन प्रस्ताव परेको थियो । राज्यव्यवस्था तथा सुशासन समितिले संशोधन प्रस्ताव हालेका १३० सांसदमध्ये पटकपटक समितिले बैठकमा बोलाउँदा पनि करिब ९० जना उपस्थित भएको सो समितिका सभापति रामहरि खतिवडा बताउँछन् ।
समितिले गत बर्ष तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई पहिलो बैठकमा डाकेको थियो तर एनजीओका खाजाका लफडाका कारण लामो समयसम्म छलफल अवरुद्ध थियो । गत भदौं २० यता प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवा विद्येयक उपर १५ वछा छलफल भएको छ । यी बैठकमा संशोधनकर्ता सांसद, लोकसेवा आयोगका पदाधिकारी, विज्ञहरू, प्रमुख सचेतक र सचेतक, विभिन्न संवैधानिक आयोगहरू, ट्रेड युनियन र जनसंख्या विज्ञलाई बोलाएर समितिले उनीहरूका कुरा सुनेसँगै आजदेखि दफादार छलफ गर्न लागिएको समिति सभापति रामहरि खतिवडाले जनाएका छन् ।
बिज्ञापन
प्रतिनिधि सभा अन्तरगत रहेको राज्य व्यवस्था तथा सुशासन समितिमा पुगेको विधेयकमाथि विभिन्न सरोकारवालासँग छलफल गरेर सकेपछि समितिले आजदेखि दफावार छलफल सुरु गरेको हो । विधेयकको प्रस्तावनामा नै ३२ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् ।
जसमा नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडु, नेकपा एमालेका सांसद रघुजी पन्त, नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका बुद्धिमान तामांगले संशोधन प्रस्ताव दर्ता अनुसार प्रस्तावित प्रस्तावनामा संशोधन गर्नुपर्नेमा जोड दिए ।