सिडिओले डाकेको बैठकमा अधिकांश कार्यालय प्रमुख अनुपस्थित

दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी मातहतका कर्मचारीबाट असन्तृष्ट हुँदै आएका छन् । उपसचिव जोशी २०८० चैत्र १२ देखि त्यहाँको प्रमुख जिल्ला अधिकारीको कुर्सी र भूमिकामा छन् । गत बर्ष चैत्रको दोस्रो साता होलीपर्व चलिरहँदा सिडिओ जोशीले दार्चुलाको जिम्मेवारी सम्हालेका थिए ।

बिज्ञापन

उनले राखेका र डाकेको बैठकमा जिल्लाका अधिकांश कार्यालयका प्रमुखहरु नआउने र बहिष्कार गर्ने प्रवृत्ति दोहोरिएसँगै जोशी मातहतका कर्मचारीसँग फायर भएका छन् । गत वैशाखमा डाकेको पहिलो बैठकमा झैं अधिकांश कार्यालयका कर्मचारीहरु दशौं राष्ट्रिय योग दिवसमा समेत अनुपस्थित भएसँगै जोशी कर्मचारीहरुसँग आगो हुँदै आएका छन् ।

बिज्ञापन

यस अघि जोशीले गत वैशाख ६ मा यस्तै गरी पहिलो बैठक डाकेका थिए । जिल्लाका अधिकांश कार्यालय प्रमुखहरूसंगको औपचारिक बैठक राखेको भए पनि आधा जसो कर्मचारीहरु मात्र उपस्थित हुँदा उनी आक्रोशित बनेका थिए । वैशाख ६ गते मात्रै आयोजना गर्दा जिल्लामा रहेका तीन दर्जन सरकारी कार्यालयमध्ये १५ का प्रमुख मात्रै बैठकमा सहभागी भएका थिए। सो कार्यक्रममा १३ वटा कार्यालयबाट निमित्तले सहभागिता जनाए पनि ७ वटाबाट भने कोही सहभागी भएका थिएनन् । आफू सहभागी पहिलो बैठकमै २० भन्दा बढी कार्यालय प्रमुख अनुपस्थित भएपछि सोही समयमा बैठकमा अनुपस्थित ७ कार्यालय प्रमुखलाई लिखित स्पष्टीकरण सोधेका थिए ।
अहिले माघ १ गते पनि उस्तै अबस्था दोहोरिएको छ । दशौं राष्ट्रिय योग दिवस मनाउन जिल्ला प्रशासन कायर्यालयले जिल्लाका सबै सरकारी कार्यालयलाई पत्राचार सारिएको थियो । तर, माघ १ गते बिहान आयोजित कार्यक्रममा थुप्रै अनुपस्थित भए। यही विषयमा प्रजिअ यज्ञराज जोशी भने कार्यालय प्रमुखहरूसँग फायर भएका छन् । पुस २९ र माघ १ गते लगातार दुई दिन बिदा परेकाले सबैजसो कर्मचारी सदरमुकाम बाहिर थिए, केही त परिवार भेट्न पुगेका थिएु, दार्चुलास्थित एक कार्यालय प्रमुखले भने ।

यसरी जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको बैठकमा कर्मचारीहरु अनुपस्थित भएसँगै ६ माघमा राखिएको नियमित बैठकमा जोशी तपाईहरुलाई किन कारवाही नगर्ने भन्दै कर्मचारीहरुमाझ कडा रुपमा प्रस्तुत भएका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

बिशेष