समायोजन भएका कर्मचारीलाई उमेरहद नलगाउन सर्वोच्चको आदेश { पूर्णपाठसहित}

सर्वोच्च अदालतले संघबाट गएको निजामती कर्मचारीलाई प्रदेश निजामती सेवा ऐन बमोजिमको उमेर हद लागू नहुने आदेश दिएको छ ।  कृषि ज्ञान केन्द्र सिरहामा कृषि प्रसार अधिकृतका रुपमा कार्यरत अधिकृतस्तर सातौं तहका परमानन्द चौधरीले दायर गरेको रिटमा सर्वाेच्चले समायोजन भएका कर्मचारीको अवकाश सम्बन्धि ब्यवस्था संघीय निजामती सेवा ऐन वमोजिमकै हुने जनाएको हो ।

बिज्ञापन

गत भदौं १२ गते सर्वाेच्चका सर्वाेच्चका प्रधानन्यायधीश विश्वम्भर श्रेष्ठ,न्यायधीशहरु प्रकाशमानसिंह राउत,सपना प्रधान मल्ल,प्रकाश कुमार ढुंगना र कुमार रेग्मी सम्मिलित संवैद्यानिक इजलाशले यस्तो आदेशको पूर्ण पाठ आज सार्वजनिक भएको हो ।
सर्वाेच्चको आदेशमा भनिएको छ रिट निवेदक परमानन्द चौधरीले प्रदेश निजामती ऐन, २०७७ को दफा ५४ को आडमा आफ्नो अनिवार्य अवकासको उमेर हद वर्ष ६० रहेको उल्लेख गरेतापनि मधेश प्रदेशको प्रदेश निजामती सेवा ऐन, २०७७ को दफा १२५ ले नै समायोजन भएको कर्मचारीको सेवा र सुविधा प्रदेश निजामती सेवाले भर्ना गरेको कर्मचारी भन्दा पृथक हुने भनी स्वीकार गरेको छ। निवेदकले बुझाएको विवरणको आधारमा निज मिति २०७९ भदौं २४ मा ५८ बर्ष पुरा हुने देखिएको हुँदा निजामती सेवा ऐन, २०४९ को दफा ३३ को उपदफा १ मा उल्लेखित कानूनी प्रावधान अनुसार निजले अनिवार्य अवकास लिनु पर्ने देखिन्छ।

बिज्ञापन

सोहि बमोजिम राष्ट्रिय किताबखाना (निजामती) ले चलानी नम्बर १५५३ मिति २०७८ साल मंसिर ०७ मा निवेदकलाई बोधार्थ दिई अनिवार्य अवकाश सम्बन्धी सूचना विषयमा पठाएको पत्र कानून सम्मत देखिंदा निवेदन माग बमोजिम बदर गर्नुपर्ने देखिन आएन। तसर्थ माथि विवेचित निवेदन माग दावी, लिखित जवाफको बेहोरा आधार कारण समेतबाट प्रत्यर्थीमध्ये राष्ट्रिय किताबखानामा निवेदकको अनिवार्य अवकास सम्बन्धी पठाएको पत्रमा संवैधानिक तथा कानूनी त्रुटि देखिन नआएकोले रिट निवेदकको माग बमोजिम प्रत्यर्थीहरुको नाममा आदेश जारी गर्नुपर्ने अवस्थाको विद्यमानता देखिएन। प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

बिशेष