निजामती कर्मचारीलाई छात्रवृत्तिमा वैदेशिक अध्ययनको अवसर

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छात्रवृत्तिमा  वैदेशिक अध्ययनमा जान इच्छुक कर्मचारीसँग दरखास्त आह्वान गरेको छ । मन्त्रालयले थाइल्याण्डको विभिन्न विश्वविद्यालयबाट नेपाल सरकारका निजामती कर्मचारीहरुलाई प्रदान गर्दै आएका छात्रवृत्ति कार्यक्रममा सहभागी भइ अध्ययन गर्न योग्य र इच्छुक कर्मचारीहरुको नाम मनोनयन गरी पठाउन सबै निकायलाई परिपत्र गरेको हो । गत शुक्रवार जारी परिपत्रमा. एक बर्षदेखि दुई बर्षे कोर्स स्नातक तह अध्ययन गर्न चाहने इच्छुक र योग्य कर्मचारीहरुलाई मनोनयन गरेर पठाउन सूचना जारी गरेको हो । जस अनुसार, ५७ कर्मचारीलाई स्नातक तहका लागि मनोनयन गरिन लागेको हो ।

बिज्ञापन

मन्त्रालयले छात्रवृत्ति मनोनयनमा सम्बन्धित सेवा,समूह र श्रेणीभित्रका महिला,दलित,आदिवासी जनजाती,अपाङ्ग,पिछडिएको क्षेत्र,हालसम्म अवसर नपाएका र दुर्गममा सबैभन्दा बढी समय काम गरेका कर्मचारीलाई प्रथामिकता दिइ मनोनयन गरी मनोनयन भएका कर्मचारीहरुको नाम,थर,सम्पर्क नम्बर र इमेल ठेगना, कर्मचारी संकेत नम्बर समावेश गरी परराष्ट्र मन्त्रालयको दक्षिणपूर्व तथा एसिया प्रशान्त महाशाखा पठाउन भनिएको छ ।

बिज्ञापन
Notices-20250117021723935

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कुलमान अब रास्वपाको उपसभापति

यी हुन जिल्ला न्यायधीशमा सिफारिस भएका २० उमेद्धार

सरकारको सञ्चित कोष १ खर्ब ८ अर्बले घाटामा

ट्रायल फेल भएकाहरुलाई २५ हजारसम्म असुलेर लाइसेन्स,फन्दामा परे कार्यालय सहयोगी

नयाँ सार्वजनिक शासन : सहभागितामूलक र उत्तरदायी शासनको आधार

चुनावको मुखैमा किन फेरिए गृह सचिव ?

सात सचिवको सरुवा,गृहमा आए राजकुमार श्रेष्ठ

पूर्वमन्त्रीको कन्स्ट्रक्सन नै डेढ बर्षका लागि कालोसूचीमा

बिशेष