निजामती कर्मचारीलाई छात्रवृत्तिमा वैदेशिक अध्ययनको अवसर

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छात्रवृत्तिमा  वैदेशिक अध्ययनमा जान इच्छुक कर्मचारीसँग दरखास्त आह्वान गरेको छ । मन्त्रालयले थाइल्याण्डको विभिन्न विश्वविद्यालयबाट नेपाल सरकारका निजामती कर्मचारीहरुलाई प्रदान गर्दै आएका छात्रवृत्ति कार्यक्रममा सहभागी भइ अध्ययन गर्न योग्य र इच्छुक कर्मचारीहरुको नाम मनोनयन गरी पठाउन सबै निकायलाई परिपत्र गरेको हो । गत शुक्रवार जारी परिपत्रमा. एक बर्षदेखि दुई बर्षे कोर्स स्नातक तह अध्ययन गर्न चाहने इच्छुक र योग्य कर्मचारीहरुलाई मनोनयन गरेर पठाउन सूचना जारी गरेको हो । जस अनुसार, ५७ कर्मचारीलाई स्नातक तहका लागि मनोनयन गरिन लागेको हो ।

बिज्ञापन

मन्त्रालयले छात्रवृत्ति मनोनयनमा सम्बन्धित सेवा,समूह र श्रेणीभित्रका महिला,दलित,आदिवासी जनजाती,अपाङ्ग,पिछडिएको क्षेत्र,हालसम्म अवसर नपाएका र दुर्गममा सबैभन्दा बढी समय काम गरेका कर्मचारीलाई प्रथामिकता दिइ मनोनयन गरी मनोनयन भएका कर्मचारीहरुको नाम,थर,सम्पर्क नम्बर र इमेल ठेगना, कर्मचारी संकेत नम्बर समावेश गरी परराष्ट्र मन्त्रालयको दक्षिणपूर्व तथा एसिया प्रशान्त महाशाखा पठाउन भनिएको छ ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

बिशेष