यिनै हुन् उर्जामन्त्री खड्कालाई आक्रमण गर्ने ब्यक्ति

उर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री दीपक खड्कामाथि मन्त्रालयमै एक सर्वसाधारणले हातपात गरेको खुलासा भएको छ ।गत शुक्रवार मन्त्रालयबाट निस्कदै गर्दा एक पुरुषले उनलाई आक्रमणको प्रयास गरेको बिषय हिजो सार्वजनिक भएको छ ।

बिज्ञापन

तर बिहीबार मन्त्री खड्काले कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आफूमाथि आक्रमण र दुर्व्यवहार भएको घटनाबारे जानकारी गराएका थिए ।मन्त्री खड्कालाई गोरखाको अजिरकोट गाउँपालिका-५, मुच्चोकका हरि पोखरेलले पुस २६ गते कार्यकक्षबाट बाहिरिँदै गर्दा हातपात गरेका थिए । त्यसपछि प्रहरीले पोखरेललाई नियन्त्रणमा लिएको थियो ।

बिज्ञापन

पोखरेललाई प्रहरीले पक्राउ गरेर सिंहदरबार वृत्तमा बुझाएको थियो । तर मन्त्री खड्काले मानसिक समस्या भएको व्यक्ति रहेको भन्दै प्रहरीलाई छोड्न भनेका थिए । सोही आदेश अनुसार शनिबार छोडिएको प्रहरी स्रोत बताउँछ । मन्त्री खड्काले नै प्रहरी संयन्त्रलाई घटनाबारे बाहिर हल्ला नगर्न आग्रह गरेको बताइएको छ ।
प्रहरीका अनुसार,खड्कामाथि हात गर्ने व्यक्ति हरि पोखरेल हुन ।

उनी २०७९ को निर्वाचनमा गोरखाबाट गण्डकी प्रदेशबाट प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार थिए । उनी नेपाल टेलिभिजनको कार्ड बोकेर सिंहदरबार प्रवेश गरेको खुलेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

२५ दफामा छलफल सकिँदा उल्टिए तीन प्रावधान,१२२ दफा चार दिनभित्रै सकाउनुपर्ने दवावमा समिति

सरकारी सुविधामा विदेश पढ्न गएका प्राविधिकहरु फरार,छैन भगौडा कर्मचारीको विवरण

अतिरिक्त सचिवको व्यवस्था हट्यो,अरु कुन- कुन प्रावधान उल्टियो ?

कर्मचारी प्रेसको समाचारपछि मन्त्रालय सक्रिय, सुईहरूको जिम्मेवारी फेरबदल

पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेटमा राज्यको बलजफ्ती

९ उपसचिवको सरुवा,तीन कार्यालय प्रमुख हेरफेर

कालापानीमा बल्झिएको नेपालको घाऊ

अख्तियारमा मुद्दा खेपिरहेका उपसचिव उमेश ललितपुर फर्कने चलखेल

बिशेष