यिनै हुन् उर्जामन्त्री खड्कालाई आक्रमण गर्ने ब्यक्ति

उर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री दीपक खड्कामाथि मन्त्रालयमै एक सर्वसाधारणले हातपात गरेको खुलासा भएको छ ।गत शुक्रवार मन्त्रालयबाट निस्कदै गर्दा एक पुरुषले उनलाई आक्रमणको प्रयास गरेको बिषय हिजो सार्वजनिक भएको छ ।

बिज्ञापन

तर बिहीबार मन्त्री खड्काले कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आफूमाथि आक्रमण र दुर्व्यवहार भएको घटनाबारे जानकारी गराएका थिए ।मन्त्री खड्कालाई गोरखाको अजिरकोट गाउँपालिका-५, मुच्चोकका हरि पोखरेलले पुस २६ गते कार्यकक्षबाट बाहिरिँदै गर्दा हातपात गरेका थिए । त्यसपछि प्रहरीले पोखरेललाई नियन्त्रणमा लिएको थियो ।

बिज्ञापन

पोखरेललाई प्रहरीले पक्राउ गरेर सिंहदरबार वृत्तमा बुझाएको थियो । तर मन्त्री खड्काले मानसिक समस्या भएको व्यक्ति रहेको भन्दै प्रहरीलाई छोड्न भनेका थिए । सोही आदेश अनुसार शनिबार छोडिएको प्रहरी स्रोत बताउँछ । मन्त्री खड्काले नै प्रहरी संयन्त्रलाई घटनाबारे बाहिर हल्ला नगर्न आग्रह गरेको बताइएको छ ।
प्रहरीका अनुसार,खड्कामाथि हात गर्ने व्यक्ति हरि पोखरेल हुन ।

उनी २०७९ को निर्वाचनमा गोरखाबाट गण्डकी प्रदेशबाट प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार थिए । उनी नेपाल टेलिभिजनको कार्ड बोकेर सिंहदरबार प्रवेश गरेको खुलेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

बिशेष