जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन हाकिम ठाकुर प्रहरी नियन्त्रणमा

सरकारी छाप,दरखास्त कीर्ते गरी रकम हिनामिना गरेको आरोपमा चार महिना अगाडि पक्राउ पूर्जी भएको थियो बलराम ठाकुर विरुद्ध । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन कार्यकारी निर्देशक ठाकुरमाथि पक्राउ पूर्जी जारी भएको चार महिना पछि बल्ल प्रहरीले नियन्त्रणमा लिएको छ ।

बिज्ञापन

भैसेपाटी फुलवारी मार्गस्थित छिमेकी झगडा र लफडामा परेर प्रहरी समक्ष पुगेका ठाकुरको नाममा चार महिना अगाडि जिल्ला प्रहरी कार्यालय धनुषाबाट जारी भएको पक्राउ पूर्जी भेटेसँगै जिल्ला प्रहरी कार्यालय धनुषासँग छलफल गरेर प्रक्रिया अगाडि बढाइने जनाएको छ ।

बिज्ञापन

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन कार्यकारी निर्देशक हुँदा ठाकुरमाथि किर्तेदेखि लिएर आफूखुशी उपभोक्ता समिति गठन गरेर रकम अपचलनमा मुछिएका थिए । पछिल्लो समय त संस्थाको कानुनी हैसियतमाथि नै प्रश्न चिन्ह खडा भइहरेको समयमा कार्यकारी निर्देशक बलराम ठाकुरले भक्तजनले दानमा दिएको स्कारपिओ समेत श्रीमती इन्दुलेखा शर्माको नाममा गराएको भेटिएको थियो । यस्तै गाडी मर्मत तथा सम्भारका नाममा ड्राइभरका नाममा २५ लाख निकालेर झ्वाम पारिएको भेटिएको छ । चालक मुकेश यादवले इन्धन र गाडी मर्मतका नाममा आफूले रकम नबुझेको भनेर निवेदनै दिएसँगै उनको नाममा कीर्ते गरेर २५ लाखभन्दा बढी निकालिएको रहस्य बाहिरिएको हो ।

उनले काम नै नगरी मिलोमतोमा उपभोक्ता समितिलाई भुक्तानी दिएको, प्राविधिक मूल्याङ्कनभन्दा बढी रकम निकासा गरेको, आफू निकटलाई उपभोक्ता समितिको जिम्मा दिएको समेत भेटिएको थियो । ठाकुरले कर्मचारीहरुसँगको मिलेमतोमा करोडौं रुपैयाँ अपचलन गरेको उजुरी परेपछि परिषद्ले सो पत्रबारे अख्तियारलाई जानकारी गराएको थियो । यद्यपि, अख्तियारले समेत उनलाई कानुनको दायरामा ल्याउन चासो देखाएको थिएन । सत्ता र शक्ति दायाँ हुँदा पक्राउ पूर्जी जारी भएको पाँच महिनासम्म प्रहरीले समाउन सकेको थिएन तर छिमेकीसँगको झगडा पछि प्रहरीकोमा पुगेका ठाकुरविरुद्ध चार महिना अगाडि जारी भएको पक्राउ पूर्जी समेत प्रहरीले फेला पारेपछि प्रहरीले नियन्त्रणमा लिएर यो बिषयमा अनुसन्धान शुरु गरेको जनाएको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष