२ सचिव,९ सहसचिव,८९ उपसचिवसहित २४२ कर्मचारीको सरुवा

न्याय सेवा आयोगले ठूलो संख्यामा कर्मचारीको सरुवा गरेको छ । आयोगको बुधबारको बैठकले दुई सचिव, नौ जना सहसचिव, ८९ जना उपसचिव र एक सय ४४ गरी २४२ जना कर्मचारीको गरेको छ ।
जस अनुसार वेपत्ता व्यक्तिको छानबिन आयोगमा कार्यरत लोकराज पराजुलीलाई महान्यायाधिवक्ता कार्यालयमा र महान्यायाधिवक्ता कार्यालय रामशाहपथमा कार्यरत खेमराज ज्ञवालीको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सरुवा गरेको हो ।

बिज्ञापन

बैठकले न्याय सेवा, न्याय समूह राजपत्राङ्कित प्रथम श्रेणी सहसचिव सरहका ९ कर्मचारीहरु सरुवा गरेको छ । सूची अनुसार उच्च अदालत पाटन अन्तरतग हेटौडा इजलाशमा कार्यरत रजिष्ट्रार रामप्यारी सुनुवारको न्याय परिषद् सचिवालयमा ल्याइएको छ भने कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यरत निर्मला अधिकारीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेकी छिन् । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा कार्यरत इन्दिरा दाहालको निर्वाचन आयोगमा सरुवा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत यज्ञप्रसाद भट्टराईको अर्थ मन्त्रालयमा, अर्थ मन्त्रालयमा कार्यरत बलसागर गिरीको रक्षा मन्त्रालयमा पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशमा कार्यरत शंकरबहादुर केसीको नेपाल कानून आयोगमा ल्याइदा निर्वाचन आयोगमा कार्यरत अरुणा जोशीको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा भएको छ ।
सरुवाको सूची अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत गंगाप्रसाद पौडेलको महान्यायाधिवक्ताको कार्यालयमा, महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत सहन्यायाधिवक्ता शम्भु कार्कीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ ।

बिज्ञापन

यस्तै विभिन्न निकायमा कार्यरत नेपाल न्याय सेवा न्याय समूहतर्फका १३, कानून समूहका ३४ र सरकारी वकिल समूहका ४० जना गरेर ८७ जना उपसचिवको पनि सरुवा भएको छ भने सरकारी वकिल समूहका १०७, कानून समूहका २५ र न्याय समूहका १२ गरेर १४४ शाखा अधिकृतको पनि सरुवा भएको छ ।

बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा न्याय समूहका ३, सरकारी वकिल समूहतर्फका ३ र कानून सहूतर्फका २ गरेर ८ जना उपसचिवलाई सहसचिवमा बढुवा, नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरेको छ भने न्या समूहतर्फ कार्यक्षमता मूल्यांकनका आधारमा २ जना उपसचिवलाई सहसचिवमा बढुवा, नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

बिशेष