२ सचिव,९ सहसचिव,८९ उपसचिवसहित २४२ कर्मचारीको सरुवा

न्याय सेवा आयोगले ठूलो संख्यामा कर्मचारीको सरुवा गरेको छ । आयोगको बुधबारको बैठकले दुई सचिव, नौ जना सहसचिव, ८९ जना उपसचिव र एक सय ४४ गरी २४२ जना कर्मचारीको गरेको छ ।
जस अनुसार वेपत्ता व्यक्तिको छानबिन आयोगमा कार्यरत लोकराज पराजुलीलाई महान्यायाधिवक्ता कार्यालयमा र महान्यायाधिवक्ता कार्यालय रामशाहपथमा कार्यरत खेमराज ज्ञवालीको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सरुवा गरेको हो ।

बिज्ञापन

बैठकले न्याय सेवा, न्याय समूह राजपत्राङ्कित प्रथम श्रेणी सहसचिव सरहका ९ कर्मचारीहरु सरुवा गरेको छ । सूची अनुसार उच्च अदालत पाटन अन्तरतग हेटौडा इजलाशमा कार्यरत रजिष्ट्रार रामप्यारी सुनुवारको न्याय परिषद् सचिवालयमा ल्याइएको छ भने कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यरत निर्मला अधिकारीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेकी छिन् । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा कार्यरत इन्दिरा दाहालको निर्वाचन आयोगमा सरुवा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत यज्ञप्रसाद भट्टराईको अर्थ मन्त्रालयमा, अर्थ मन्त्रालयमा कार्यरत बलसागर गिरीको रक्षा मन्त्रालयमा पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशमा कार्यरत शंकरबहादुर केसीको नेपाल कानून आयोगमा ल्याइदा निर्वाचन आयोगमा कार्यरत अरुणा जोशीको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा भएको छ ।
सरुवाको सूची अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत गंगाप्रसाद पौडेलको महान्यायाधिवक्ताको कार्यालयमा, महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत सहन्यायाधिवक्ता शम्भु कार्कीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ ।

बिज्ञापन
न्याय-सेवा-आयोगको-मिति-२०८१०९२४-को-सूचना

यस्तै विभिन्न निकायमा कार्यरत नेपाल न्याय सेवा न्याय समूहतर्फका १३, कानून समूहका ३४ र सरकारी वकिल समूहका ४० जना गरेर ८७ जना उपसचिवको पनि सरुवा भएको छ भने सरकारी वकिल समूहका १०७, कानून समूहका २५ र न्याय समूहका १२ गरेर १४४ शाखा अधिकृतको पनि सरुवा भएको छ ।

बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा न्याय समूहका ३, सरकारी वकिल समूहतर्फका ३ र कानून सहूतर्फका २ गरेर ८ जना उपसचिवलाई सहसचिवमा बढुवा, नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरेको छ भने न्या समूहतर्फ कार्यक्षमता मूल्यांकनका आधारमा २ जना उपसचिवलाई सहसचिवमा बढुवा, नियुक्ति तथा पदस्थापनका लागि सिफारिस गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

चाेरीको स्कारपियोमा ‘एसपीको सवारी’

३१ शाखा अधिकृतको सरुवा : १० गृह भित्रदा,१० जना पुगे गाउँपालिका

अन्तरिम आदेश खारेज,उपसचिव र सहसचिवको बढुवा विज्ञापन सुचारु

चार सचिवहरुको सरुवा

अवकाश प्राप्त निजामती कर्मचारीको नेतृत्वमा पहिलो पटक खुल्यो पार्टी

थप १२ उपसचिवको सरुवा,६ मन्त्रालयमा आउँदा तीनलाई नगरपालिका

अधिकृतस्तरका २५६ अस्थायी दरबन्दी स्वीकृत

सामान्य प्रशासनभित्रै पालिका अध्यक्ष र उपसचिवको झण्डै कुटाकुट

बिशेष