हिजो साँझ बढुवा,आज सम्हाले कार्यभार

परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई सचिवमा बढुवा भएका छन्। हिजो बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सचिवमा बढुवा गरेको हो । क्याविनेटबाट हिजो बढुवा भएका उनले आजै औपचारिक रुपमा सचिवको कार्यभार सम्हालेका छन् ।

बिज्ञापन

यस अघि सचिव पदमा कार्यरत सेवा लम्साललाई गत मंसिर सातमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सारेर उनलाई कामू सचिवको जिम्मेवारी दिइएकोमा हिजोको क्याविनेटले राईलाई सचिवमा बढुवा गरेको हो ।

बिज्ञापन

बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन भइसकेको छ । राई यस अघि मन्त्रालयका सहसचिव एवम प्रवक्ता समेतको जिम्मेवारी निर्वाह गरिरहेका थिए । संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधिको कार्यकाल सकेर यही वर्ष फर्केका राईले चीन हेर्ने उत्तरपूर्वी डिभिजनको नेतृत्व सम्हाल्दै आएका उनी परराष्ट्रमा सबैभन्दा वरिष्ठ सहसचिव हुन् ।

मन्त्रालयमा सचिव हुने लाइनमा अमृतबहादुर राई, कृष्णप्रसाद ढकाल र निर्मलराज काफ्ले रहेका छन् । यी मध्य राई सबैभन्दा वरिष्ठ सहसचिव हुन् ।सरकारले उनैलाई कामू हुँदै सचिवमा बढुवा गरिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

बिशेष