५२ कर्मचारीको सरुवा हुँदा ९ जनामात्र पठाइयो स्थानीय तहमा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २२ जना अधिकृतहरुको सरुवा गर्दा ५ जनालाई मात्र स्थानीय तहमा खटाउन सकेको छ । मन्त्रालयले मंगलबार गरेको सरुवा अनुसार,गृह मन्त्रालय अन्तर्गत गत रहेका कृष्ण प्रसाद गौतमलाई फुङलिङ नगरपालिका,सावन कुमार चौधरी खाडाचक्र नगरपालिकामा खटाएको छ भने सर्केगाड गाउँपालिका हुम्ला पुगेका छन्,नारायणप्रसाद भण्डारी,प्रदीप पौडेललाई जिसस ओखलढुङ्गामा खटाइँदा हरिशंकर यादवलाई जिसस रामेछाप पठाइएको छ । शिरिष उपाध्याय खाँडादेवी गाउँपालिका,गणेश बास्ताकोटीलाई चिसखुगढी गाउँपालिकामा खटाइएको छ । बाँकी अधिकृतहरुलाई सिंहदरबारस्थित मन्त्रालय,निजामती किताबखाना,राष्ट्रिय दलित आयोग लगायतका निकायमा जिम्मेवारी दिएर पठाइएको छ ।

बिज्ञापन
under sec saruwa

यस्तै हिजोमात्र सामान्य प्रशासन मन्त्रालयले ३० उपसचिवको सरुवा गरेको थियो । लामो समयदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका ती उपसचिवको खटन पटन गरिँदा ४ जना स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाइएको छ भने ४ उपसचिवलाई जिल्ला समन्वय समितिमा खटाइएको छ । १४ जनाले मन्त्रालयको जिम्मेवारी पाएका छन् भने बाँकी ८ जना आयोगतिर पुगेका छन् ।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तीन दिन भित्रमा कर्मचारी व्यवस्थापन गर्न गृह र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई कडा निर्देशन दिएको भोलिपल्टै सामान्यले लामो समयदेखि बरण्डामा रहेका ती उपसचिव र अधिकृतहरुलाई विभिन्न निकायमा खटाएको हो । यद्यपि सामान्यले स्थानीय तहमा भने कर्मचारी खटाउनै सकेको छैन । मन्त्रालयका अनुसार अझैं २५० बढी स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत छैनन् । मन्त्रालयले ५२ जना अधिकृतस्तरका कर्मचारी सरुवा गर्दा जम्मा ९ जना कर्मचारीलाई मात्र स्थानीय तहमा खटाउन सकेको छ । बाँकी कर्मचारीहरुले सिंहदरबारस्थित मन्त्रालय,आयोगहरुमा सरुवा पाएका छन् ।

saruwa officers

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती कर्मचारीको अनिवार्य अवकाश उमेर हद बढ्यो,सेवा प्रवेशको उमेर सीमा घट्यो

रघुजी पन्त शिक्षामन्त्री नियुक्त,आरजु राणाभन्दा पछिल्लो वरियता

रघुजी पन्त शिक्षामन्त्री

मन्त्रिपरिषद्का १९ निर्णय : ओएण्डएम संशोधन,बढूवा,सरुवादेखि भ्रमण स्वीकृतिसम्म

यी नयाँ व्यवस्थासहित पारित हुँदैछ निजामती विद्येयक

बढ्यो निजामती कर्मचारीको अनिवार्य अवकाश उमेर हद

कुलिङ पिरियड र अतिरिक्त सचिवको विषयमा माओवादीको असहमति,भेटनरी सेवा थप गर्नुपर्ने जिकिर

महिला कर्मचारीले गर्भाधारणको अवस्थामा बिदा पाउने

बिशेष