बरण्डाका २ सहसचिव बाहिर खटाइँदा ४ जिल्लाका सिडियो गृहमा तानिए

गृह मन्त्रालयले १० सहसचिव र २ उपसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले सोमवार गरेको सरुवा अनुसार कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रलाई जिल्ला प्रशासन कार्यालय सुनसरी पठाएको छ ।
यस्तै सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीलाई गृह मन्त्रालयमा तानिएको छ । गृहमा रहेका गोगन बहादुर हमाल कैलालीको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएका छन् । यस्तै,ललितपुरबाट तानिएर गृहको बरण्डामा रहेका तुलसी बहादुर श्रेष्ठलाई सर्लाहीको सिडीओ बनाएर खटाइएको छ ।

बिज्ञापन

मोरङका प्रमुख जिल्ला अधिकारी रहेका प्रेम प्रसाद भट्टराई र झापाका प्रमुख जिल्ला अधिकारी बन्धु बास्तोला,काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई मन्त्रालयमा तानिएका छन् । चितवनबाट तानेर मन्त्रालयको अतिरिक्तमा थन्काइएका इन्द्रदेव यादव मोरङको प्रमुख जिल्ला अधिकारी बनाएर खटाइएको छ ।
यस्तै गोपाल अधिकारीलाई सर्लाहीबाट झापाको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइएको छ । काठमाडौंको प्रमुख जिल्ला अधिकारीका रुपमा ऋृषिराम तिवारीलाई खटाइएको छ ।
यस्तै गृहले जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी शावित्रा पुनलाई जिल्ला प्रशासन कार्यालय सल्यानको प्रजिअमा खटाइएको छ । जिल्ला प्रशासन कार्यालय सल्यानका प्रजिअ शम्भु प्रसाद रेग्मीलाई गृह मन्त्रालयमा तानिएको छ ।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तीन दिन भित्रमा कर्मचारी व्यवस्थापन गर्न गृह र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई कडा निर्देशन दिएको भोलिपल्टै गृह मन्त्रालयले अतिरिक्त समूहमा रहेका दुई सहसचिवलाई जिम्मेवारी दिएर पठाएको हो ।लामोसमयदेखि बरण्डामा रहेका २ सहसचिवको व्यवस्थापन गरिँदा चार जिल्लाका सिडियो गृहमा भित्रिएका छन् । गृहका अतिरिक्त समूहमा १९ उपसचिव, ४ सहसचिव रहेकामध्ये २ सहसचिवलाई जिम्मेवारी दिएर खटाइँदा ४ सहसचिव र एक उपसचिव गृहमा तानिएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

बिशेष