सम्पत्ति शुद्धीकरणमा दुई जना आठ बर्ष र एकलाई ५ बर्ष कैद सजाय

सम्पत्ति शुद्धीकरण मुद्धामा दोषी ठहर भएका तीन जनालाई सजाय सुनाइएको छ । गत १४ गते दोषी ठहर भएका तीन प्रतिवादीहरुलाई आज सजाय सुनाइएको हो ।

बिज्ञापन

विशेष अदालत काठमाडौँले सम्पत्ति शुद्धीकरण मुद्दामा सूर्य बहादुर लिम्बूसहित तीन जनालाई सजाय सुनाएको हो । विशेष अदालतका न्यायाधीशहरू टेक नारायण कुँवर, तेज नारायण सिंह राई र रामबहादुर थापाको इजलासले तेजबहादुर भन्ने केदारप्रसाद गौतम, राजीव थापा भन्ने कृष्णहरि थापा र वसन्त राई भन्ने सूर्यबहादुर लिम्बूलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर  गर्दै गौतमलाई १३ करोड ९२ लाख ५० हजार बिगो, ८ वर्ष कैद र २७ करोड ८५ लाख जरिवाना, थापालाई १३ करोड ९२ लाख ५० हजार बिगो, ८ वर्ष कैद र २७ करोड ८५ लाख जरिवाना र लिम्बूलाई ६ करोड ८ लाख बिगो, ५ वर्ष कैद र १२ करोड १६ लाख जरिवाना हुने फैसला सुनाएको छ ।

बिज्ञापन

उनीहरुले ३३ करोड ९३ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको विशेषको फैसलामा उल्लेख छ । बैंकिङ कसुर मुद्दामा उनीहरू कसुरदार ठहर भई सजायसमेत भएको तथा सर्वोच्च अदालतबाट शुरू सदरसमेत भइसकेकाले सम्पत्ति शुद्धीकरण मुद्दामा विशेषले दोषी ठहर गरेको हो । प्रतिवादीहरूले कसुरबाट प्राप्त गरी विभिन्न प्रक्रियाबाट बैंक ट्रान्सफर एवं तह तह हस्तान्तरण तथा रुपान्तरण गरी सम्पत्ति शुद्धीकरण गरेको अदालतले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

किराना र कस्मेटिक पसल अनुगमनमै बित्यो डिजी ज्ञवालीको चार महिना

सशस्त्रका तीन एआईजीको सरुवा

नयाँ मापदण्डले पनि भत्किएन भिजिट भिसाको सेटिङ,त्रिवि अध्यागमनबाट हटाइए दुई अधिकृत

श्रमिक ठगी न्यूनीकरण र सूचनामा पहुँच बढाउन ‘हेल्प टु हेल्प डेस्क’

अब न्यायधीशलाई पनि निजामती सरह मासिक पाँच हजार मंहगी भत्ता,छापियो राजपत्रमा

प्रधानसेनापति सिग्देलको भनाइपछि राजसंस्था र राष्ट्रिय सुरक्षाबारे बहस चर्कियो

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु : ओएनएम स्वीकृत,अस्थायी दरबन्दी थप,सरुवादेखि बढुवासम्म

तातोपानी नाकाबाट तस्करी, सशस्त्रको फन्दामा परे तस्करी

बिशेष