सम्पत्ति शुद्धीकरणमा दुई जना आठ बर्ष र एकलाई ५ बर्ष कैद सजाय

सम्पत्ति शुद्धीकरण मुद्धामा दोषी ठहर भएका तीन जनालाई सजाय सुनाइएको छ । गत १४ गते दोषी ठहर भएका तीन प्रतिवादीहरुलाई आज सजाय सुनाइएको हो ।

बिज्ञापन

विशेष अदालत काठमाडौँले सम्पत्ति शुद्धीकरण मुद्दामा सूर्य बहादुर लिम्बूसहित तीन जनालाई सजाय सुनाएको हो । विशेष अदालतका न्यायाधीशहरू टेक नारायण कुँवर, तेज नारायण सिंह राई र रामबहादुर थापाको इजलासले तेजबहादुर भन्ने केदारप्रसाद गौतम, राजीव थापा भन्ने कृष्णहरि थापा र वसन्त राई भन्ने सूर्यबहादुर लिम्बूलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर  गर्दै गौतमलाई १३ करोड ९२ लाख ५० हजार बिगो, ८ वर्ष कैद र २७ करोड ८५ लाख जरिवाना, थापालाई १३ करोड ९२ लाख ५० हजार बिगो, ८ वर्ष कैद र २७ करोड ८५ लाख जरिवाना र लिम्बूलाई ६ करोड ८ लाख बिगो, ५ वर्ष कैद र १२ करोड १६ लाख जरिवाना हुने फैसला सुनाएको छ ।

बिज्ञापन

उनीहरुले ३३ करोड ९३ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको विशेषको फैसलामा उल्लेख छ । बैंकिङ कसुर मुद्दामा उनीहरू कसुरदार ठहर भई सजायसमेत भएको तथा सर्वोच्च अदालतबाट शुरू सदरसमेत भइसकेकाले सम्पत्ति शुद्धीकरण मुद्दामा विशेषले दोषी ठहर गरेको हो । प्रतिवादीहरूले कसुरबाट प्राप्त गरी विभिन्न प्रक्रियाबाट बैंक ट्रान्सफर एवं तह तह हस्तान्तरण तथा रुपान्तरण गरी सम्पत्ति शुद्धीकरण गरेको अदालतले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रधानमन्त्री कार्यालयकै निर्देशन अवज्ञा, राष्ट्रिय प्रकृति संरक्षण कोषमा शक्तिको खेल

१३ उपसचिवको सरुवा,संघबाट चारलाई पालिका,चारलाई घुमाइयो अन्तरपालिका

नापी कर्मचारीका नेतालाई सरकारले ‘डाँडा कटायो’

सुशीला-गौरीबहादुर कार्कीदेखि रास्वपाका १५ सांसदमाथि अनुसन्धान गर्न सिफारिस

‘रवि लामिछाने जेलबाट भाग्नु फौजदारी अपराध,रवि र यी नेतामाथि अनुसन्धान गर्नु’:मानव अधिकार आयोग

विपद् प्राधिकरणमा कोइराला, राष्ट्रिय परिचयपत्र विभागमा पौडेल

सम्पत्ति छानबिन आयोगले थाल्यो काम :माग्यो कर्मचारी र पदाधिकारीको विवरण

२४०० कार्टुन लोड, ५९१ मात्रै बरामद : बाँकी भेप कहाँ गायब ?

बिशेष