यी हुन् जेष्ठताका आधारमा उपसचिव हुने लाइनमा रहेका कर्मचारीहरु

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव तहमा बढुवाका हुने सम्भाव्य उमेद्धारहरुको नामावली सार्वजनिक गरेको छ । मन्त्रालयले नेपाल कृषि सेवातर्फ बढुवा हुने सम्भावित १६ उमेद्धारहरुको नामावली आज सार्वजनिक गरेको हो ।

बिज्ञापन

कृषि सेवा, बागवानी (हर्टिकल्चर) समूहतर्फ ३ जनामाग भएकोमा पदपूर्तिका लागि दरखास्त दिने १०, मत्स्य (फिसरिज) समूहमा २ जनाले दरखास्त आवेदन पेश गरेकोमध्ये १ जना र लाइभस्टक पोल्ट्री एण्ड डेभलपमेण्ट समूहतर्फ १ जना पदपूर्ति हुनेमा आवेदन दिने ४ जनालाई बढुवाको सम्भावित सूचीमा राखेर नामावली सार्वजनिक गरेको छ ।
यी मध्येबाट बढुवा सिफारिस समितिले नेपाल कृषि सेवा पद्यनाथ आत्रेय,जोगेन्द्र कान्दु,प्रमिला बाग्ले बागवानीतर्फबाट,मस्त्य समूहबाट रमेश जैसवाल र डा नजुमा जोशी लाइभ स्टकबाट बढुवा सिफारिस भएका हुन । उनीहरु सबै ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि सिफारिस भएका हुन ।

बिज्ञापन
Promotion-undersec

यस्तै प्रशासन सेवातर्फबाट उपसचिव बढुवाका लागि सम्भाव्य २७५ उमेद्धारको नामावली सार्वजनिक भएको छ । जेष्ठता र कार्यसम्पादन मुल्यांकनको आधारमा हुने बढुवाका लागि नेपाल प्रशासन सेवा,सामान्य प्रशासन,लेखा र राजश्व समूहतर्फका सम्भाव्य उमेद्धारको सूची मन्त्रालयले सार्वजनिक गरेको हो । नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहतर्फका १६९ जना उमेद्धारमध्ये ३९ जना शाखा अधिकृतहरुलाई उपसचिव तहमा बढुवा सिफारिस गरेको छ ।यस्तै नेपाल प्रशासन सेवा,लेखा समूहतर्फका ६७ जना उमेद्धारहरुको बीचबाट ११ जना र नेपाल प्रशासन सेवा राजश्व समूहका ३९ जना अधिकृतहरुको माझबाट ९ जना गरी कूल ५७ जना अधिकृतहरु उपसचिव तहमा बढुवा सिफारिस भइसकेका छन्।

Promotion-line under sec

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती कर्मचारीको अनिवार्य अवकाश उमेर हद बढ्यो,सेवा प्रवेशको उमेर सीमा घट्यो

रघुजी पन्त शिक्षामन्त्री नियुक्त,आरजु राणाभन्दा पछिल्लो वरियता

रघुजी पन्त शिक्षामन्त्री

मन्त्रिपरिषद्का १९ निर्णय : ओएण्डएम संशोधन,बढूवा,सरुवादेखि भ्रमण स्वीकृतिसम्म

यी नयाँ व्यवस्थासहित पारित हुँदैछ निजामती विद्येयक

बढ्यो निजामती कर्मचारीको अनिवार्य अवकाश उमेर हद

कुलिङ पिरियड र अतिरिक्त सचिवको विषयमा माओवादीको असहमति,भेटनरी सेवा थप गर्नुपर्ने जिकिर

महिला कर्मचारीले गर्भाधारणको अवस्थामा बिदा पाउने

बिशेष