यी हुन् जेष्ठताका आधारमा उपसचिव हुने लाइनमा रहेका कर्मचारीहरु

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव तहमा बढुवाका हुने सम्भाव्य उमेद्धारहरुको नामावली सार्वजनिक गरेको छ । मन्त्रालयले नेपाल कृषि सेवातर्फ बढुवा हुने सम्भावित १६ उमेद्धारहरुको नामावली आज सार्वजनिक गरेको हो ।

बिज्ञापन

कृषि सेवा, बागवानी (हर्टिकल्चर) समूहतर्फ ३ जनामाग भएकोमा पदपूर्तिका लागि दरखास्त दिने १०, मत्स्य (फिसरिज) समूहमा २ जनाले दरखास्त आवेदन पेश गरेकोमध्ये १ जना र लाइभस्टक पोल्ट्री एण्ड डेभलपमेण्ट समूहतर्फ १ जना पदपूर्ति हुनेमा आवेदन दिने ४ जनालाई बढुवाको सम्भावित सूचीमा राखेर नामावली सार्वजनिक गरेको छ ।
यी मध्येबाट बढुवा सिफारिस समितिले नेपाल कृषि सेवा पद्यनाथ आत्रेय,जोगेन्द्र कान्दु,प्रमिला बाग्ले बागवानीतर्फबाट,मस्त्य समूहबाट रमेश जैसवाल र डा नजुमा जोशी लाइभ स्टकबाट बढुवा सिफारिस भएका हुन । उनीहरु सबै ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि सिफारिस भएका हुन ।

बिज्ञापन

यस्तै प्रशासन सेवातर्फबाट उपसचिव बढुवाका लागि सम्भाव्य २७५ उमेद्धारको नामावली सार्वजनिक भएको छ । जेष्ठता र कार्यसम्पादन मुल्यांकनको आधारमा हुने बढुवाका लागि नेपाल प्रशासन सेवा,सामान्य प्रशासन,लेखा र राजश्व समूहतर्फका सम्भाव्य उमेद्धारको सूची मन्त्रालयले सार्वजनिक गरेको हो । नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहतर्फका १६९ जना उमेद्धारमध्ये ३९ जना शाखा अधिकृतहरुलाई उपसचिव तहमा बढुवा सिफारिस गरेको छ ।यस्तै नेपाल प्रशासन सेवा,लेखा समूहतर्फका ६७ जना उमेद्धारहरुको बीचबाट ११ जना र नेपाल प्रशासन सेवा राजश्व समूहका ३९ जना अधिकृतहरुको माझबाट ९ जना गरी कूल ५७ जना अधिकृतहरु उपसचिव तहमा बढुवा सिफारिस भइसकेका छन्।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

बिशेष