निजामती सेवा प्रवेश तीन बर्षले घटाउन लोकसेवाको लिखित सुझाव

लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीले निजामती सेवामा प्रवेश विद्यमान व्यवस्थाभन्दा तीन बर्षले घटानउन लिखित सुझाव दिएका छन् । उनले पुरुषको र महिलाको हकमा निजामती सेवामा प्रवेश गर्ने सीमा तीन तीन बर्षले घटाउन प्रस्ताव गरेका हुन । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती विधेयकमाथि छलफलमा भाग लिँदै उनले प्रवेशको उमेर हद हटाउनुपर्ने लिखित सुझाव दिएका हुन् ।

बिज्ञापन

हाल उम्मेदवार हुन पाउने उमेर हद पुरुषको हकमा अधिकतम ३५ वर्ष र महिलाको हकमा ४० वर्ष रहेको छ । हाल निजामती सेवा ऐनको दफा १० को ‘ग’ मा निजामती सेवामा प्रवेश लागि पुरुषले ३५ वर्ष र महिलाले ४० वर्षसम्म उम्मेदवार बन्न पाउने व्यवस्था छ । तर, प्रस्तावित विधेयकमा पुरुषले ३२ वर्ष र महिलाले ३७ वर्ष कटेपछि लोकसेवामा प्रतिस्पर्धा गर्न नपाउने प्रस्ताव गरिएको छ ।

बिज्ञापन

प्रस्तावित विधेयकको विधेयको दफा १८ मा उम्मेदवार हुनका लागि योग्यता सम्बन्धी व्यवस्था छ । राजपत्र अनंकित वा सहायक तहको पदमा १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने र राजपत्रांकित वा अधिकृत तहको पदमा २१ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था प्रस्तावित छ । पुरुष उम्मेदवारको हकमा ३२ वर्ष र महिला उम्मेदवारको हकमा ३७ वर्ष उमेर पूरा नभएको हुनुपर्ने व्यवस्था दफा १८ को ‘ग’ मा छ ।

आयोगका अध्यक्ष रेग्मीले सेवा प्रवेशमा पुरुषका लागि ३२ वर्ष र महिलाका लागि ३७ वर्षको सीमा राख्ने प्रस्ताव लिखित रुपमै पेस गरेका छन् । समावेशीतर्फ आउने अपाङ्गता लगायतका लागि पनि ३७ वर्ष नै राख्ने भनिएको छ ।अनिवार्य अवकाश भने ६० वर्ष कायम गरिनुपर्ने प्रस्ताव आयोगको छ । हाल ५८ वर्ष छ । यसलाई बढाएर ६० वर्ष पुर्‍याउने उनको प्रस्ताव छ ।

बिज्ञापन

यो विधेयक यही रुपमा पारित भएमा अब पहिलेको भन्दा तीन वर्ष कम उमेरका व्यक्तिले मात्रै लोकसेवाको परीक्षामा सहभागी हुन पाउनेछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कुलिङ पिरियड प्रकरणले संसदीय समितिमा हंगामा,सबै ‘पानी माथिको ओभानो’

राष्ट्रिय सभामा टेबुल भयो संघीय निजामती सेवा विद्येयक

एमालेले माग्यो समिति सभापति खतिवडा र सचिव दुराको राजीनामा

इन्जिनियर सुमन योगेश नेतृत्वको भक्तपुर सडक डिभिजनको सक्रियता: पूर्वाधार सुधारदेखि जनगुनासो व्यवस्थासम्म

तक्मा र विभूषण थापेका कर्मचारीले नै खुवाउँदैछन् चक्मा

उमेर हद ६० पुग्दा लाभन्वित हुँदैछन् यी दर्जन सचिव र ३० सहसचिवहरु

५२ संवैधानिक पदाधिकारीको नियुक्ति विवाद: सर्वोच्च अदालतको निर्णय आज आउने

२८ लाखसहित पर्साबाट तीन जना हुण्डी कारोबारी पक्राउ

बिशेष