शत प्रतिशत अंकसहित १८ उपसचिव सहसचिव बढुवा सिफारिस

१८ जना उपसचिवलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस समितिको हिजो बसेको बैठकले
नेपाल प्रशासन सेवाका १८ जना उपसचिवहरुलाई सहसचिवमा बढुवा सिफारिस गरेको हो ।

बिज्ञापन

निजामती सेवा ऐन २०४९ को दफा २० (४) र २४ च अनुसार ती उपसचिवहरुलाई सहसचिवमा बढुवा सिफारिस गरिएको हो ।
बढुवाका लागि सिफारिस भएका कर्मचारीहरुमा प्रेम प्रसाद लुइँटेल, राम दत्त पाण्डेय, लक्ष्मण ढकाल, विनीता भट्टराई, दिल कुमार तामाङ, लक्ष्मी पाण्डेय गौतम, मनिता श्रेष्ठ, लोक बहादुर सुनार र जगदीश्वर उपाध्याय, नारद गौतम, निर्मल ढकाल, वीरेन्द्र कुमार मिश्र, राजेन्द्र कुमार हमाल, इन्द्र प्रसाद बस्याल, शिव प्रसाद चौधरी, दिव्य राज पोखरेल, पूर्णमान श्रेष्ठ र कृष्ण बहादुर शाही रहेका छन् ।
उनीहरु सबै कार्यक्षमता मुल्यांकनका आधारमा बढुवा सिफारिस भएका हुन । ती कर्मचारीहरुले शत प्रतिशत अंक सहित बढुवा सिफारिस भएका छन् । के कार्यसम्पादन अब्बल भएरै हो त ? ती कर्मचारीहरुले कासमूमा शत प्रतिशत अंक पाउन सफल भएको ? यसरी दिइने कासमू नम्बर कतिको वैज्ञानिक छ ? सरकारी कर्मचारीहरु नै कार्यसम्पादन मूल्यांकन गर्ने विद्यमान परिपाटीप्रति सन्तृष्ट छैनन् ।

बिज्ञापन

कर्मचारीहरुको शैक्षिक योग्यता,तालिम,जेष्ठता,भौगोलिक क्षेत्रका आधारमा नम्बर दिँइदै आएको छ र यही आधारमा उनीहरु बढुवा हुँदै आएका छन् । कासमू कार्यालयका सुपरीवेक्षक, विभागीय प्रमुख तथा कार्यसम्पादन मूल्यांकन समितिबाट गरिन्छ । जसका लागि कर्मचारीको जिम्मेवारी, कार्य लागत, प्राप्त नतिजालगायत विषय हेरेर कासमू अंक दिने गरिन्छ । यो विद्यमान मूल्याकन परिपाटी वैज्ञानिक नभएको कर्मचारीहरु नै टिप्पणी गर्दछन् ।

बिज्ञापन

 

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

डा. बद्री रिजालको नेतृत्वमा नयाँ टिम, वरिष्ठ उपाध्यक्ष डा. सन्जिब तिवारी र महासचिव डा. विश्वराज दवाडी उम्मेदवार

सिद्धार्थनगरमा सरकारी गाडी बेपत्ता: पार्टी महाधिवेशन प्रयोगबारे प्रश्नचिन्ह

आ.व. २०८२/८३ मंसिरसम्म राजस्व सङ्कलनः लक्ष्यको ७८.७४ प्रतिशत मात्रै प्राप्त

भ्रष्टाचार मुद्धामा दोषी ठहर भएका पहारी एमाले अनुशासन आयोगको अध्यक्ष

संगठनात्मक सामाजिकीकरण र सामाजिक गतिशीलता

३९१ नासुसहित ४५० कर्मचारीकै एकै लटमा सरुवा

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

बिशेष