उत्तरगयाका प्रमुख प्रशासकीय मन्त्रालय तानिए,सेटिङ मिलाएर गोसाइकुण्डका हाकिम पालिकामै

उत्तरगया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत दीपक प्रसाद अधिकारी सरुवामा परेका छन् । तीन बर्षदेखि उक्त पालिकामा कार्यरत रहेका अधिकारीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएको हो । मन्त्रालयले मङ्गलबार उनलाई सामान्यको अतिरिक्त समूहमा तानेको जनाएको छ । मन्त्रालयका शाखा अधिकृत केशवराज पार्थेले सरुवाको पत्र तयार पारेर पालिकामा पठाइसकेका छन् ।

बिज्ञापन

उता,चार महिना अगाडि नै सरुवा भएका गोसाइकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले भने सरुवा उल्टाएर सोही पालिकामा रजगज गर्दै आएका छन् । त्यहाँका प्रमुख प्रशसाकीय अधिकृत दुतेन्द्र चाम्लिङ,तीन बर्षभन्दा लामो समयदेखि सोही पालिकामा कार्यरत छन् । सामान्यले गत साउनमै चाम्लिङलाई त्यहाँबाट सरुवा गरेर भाद्र २७ मा सरोज उपाध्यायलाई त्यहाँ खटाएको थियो तर सरोजलाई बाटोबाटै फिर्ता गरेर दुतेन्द्र त्यहाँ टिकिरहेका छन् ।

बिज्ञापन


पालिका अध्यक्षमा कैसाङ नुर्पु तामाङ छन् भने उपाध्यक्ष छिन् प्रतिमा तमाङ,दुबै एमालेका हुन । पालिका अध्यक्ष,उपाध्यक्षका लागि फिट हुने पात्र दुतेन्द्र हुन । त्यही कारण अघिल्लो आर्थिक बर्षमात्र सो पालिकाबो बेरुजु १ करोड ५९ लाख ३ हजार बेरूजू देखिएको थियो । महालेखाले गरेको लेदखापरीक्षण प्रतिवेदन अनुसार,पालिकामा १ करोड ५९ लाख ३ हजार बेरुजू औल्याएको थियो । जसमध्ये असुल गर्नुपर्ने ५२ लाख ६६ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने ३४ लाख १४ हजार र नियमित गर्नुपर्ने ७२ लाख २३ हजार समेत रहेको कार्यालयले जनाएको छ । पालिकाको गतवर्ष सम्म रू ५ करोड ६८ लाख ७७ हजार बेरूजू बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरूजू ७ करोड २७ लाख ८० हजार रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
पालिकाले कानुन वेगर कर्मचारीहरुलाई ७ लाख ३० हजार ८०० प्रोत्साहन भत्ता बाँढेको छ भने मनलाग्दी करारमा कर्मचारी भर्ना गरेको बिषयमा महालेखाले प्रश्न उठाएको छ । यस्का अलवा पालिकालाई संघ र प्रदेश सरकारबाट अनुदानमा पाएको रकमले पाँच वटा सवारी साधन खरिद गरेको बिषयलाई महालेखाले गम्भीर बदमासी औल्याएको छ ।
लेखिएको छ, सवारी साधन खरिद अर्थ मन्त्रालयको स्थानीय तहमा बजेट तर्जुमा कार्यान्वयन आर्थिक व्यवस्थापन तथा सम्पती हस्तान्तरण सम्बन्धी निर्देशिका, २०७४ को निर्देशन नं ५ दशमलव १५ अनुसार नेपाल सरकारबाट उपलब्ध गराइएको बजेट तथा स्रोत साधनबाट कार्यालयको नियमित प्रयोजनको लागि सवारी साधन खरिद गर्न नपाईने व्यवस्था छ । तर गोसाइकुण्ड गाउँपालिकाले ५ थान दुई पांग्रे सवारि साधन खरिदमा रू १९ लाख १४ हजार ९९५ तथा १ थान चार पांग्रे सवारी साधन खरिदमा ७६ लाख ४९ हजार ९९९ समेत रू९५ लाख ६४ हजार ९९४ खर्च गरेको छ । गाउँपालिकाले आफ्नो आन्तरिक स्रोत बढाउन नसकेको अवस्थामा संघ र प्रदेश सरकारबाट प्राप्त अनुदानबाट सवारी साधन खरिद गरिएको बिषयलाई महालेखाले प्रतिवेदनमा बेरुजु औल्याएको हो ।

 

बिज्ञापन

यस्का अलवा महालेखाले गोसाइकुण्ड गाँउपालिकाल विगत यस वर्ष प्राप्त रकम र संचित कोषवाट भएको खर्च स्पष्ट देखिने गरी सञ्चितकोषको खाता नराखेको बिषयमा प्रतिवेदनमा कैफियत लेखेको छ । गाउँपालिकाले लेखापरीक्षणको लागि पेश गरेको एकीकृत आर्थिक विवरणमा सञ्चितकोषको आम्दानी ५० लाख ८२ हजार ४९ हजार ५१८ दशमलव ७३ उल्लेख गरेको छ । गाउँपालिकाको लेखाप्रणाली व्यवस्थापन गर्ने प्रणालीमा ३५ करोड १४ लाख २८ सय २९ उल्लेख गरिएको छ । देखिन्छ भने सोही प्रणालीको सञ्चित विभिन्न प्रतिवेदनमा सञ्चित कोषको हिसाब फरक फरक देखिएकोमा गाउँपालिकाले खाता अद्यावधिक गरी हिसाव समायोजन नगरिएको बिषयलाई मलेनीले कैफियत भनेको हो ।यस्का अलवा पालिकामा दुई वटा गाडी हुँदा हुँदा एउटै व्यक्ति वा फर्मसँग पटक पटक गरी ३ लाख बढी रकम गाडी भाडाकै नाममा भुक्तानी गरिएको समेत महालेखाले औल्याएको छ । अध्यक्ष र उपाध्यक्षका प्रमुख प्रशासकीय अधिकृत एस म्यान हुँदा पालिकामा व्यापक भ्रष्टाचार र अनियमितता रहेको महालेखाको प्रतिवेदनले देखाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

बिशेष