गुणस्तरीय शिक्षाका लागि शिक्षकको भूमिका महत्वपूर्णः प्रमुख सचिव लम्साल

बकैया । बागमती प्रदेश सरकारका प्रमुख सचिव डा। हरिप्रसाद लम्सालले शैक्षिक समस्या समाधान र गुणस्तरीय शिक्षाका लागि शिक्षकको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

बिज्ञापन

मकवानपुरको बकैया गाउँपालिकाले सोमबार हात्तीसुँढेमा आयोजना गरेको छलफल कार्यक्रममा उनले अभाव र समस्याकाबीच हामीले राम्रो गर्न सक्नुमा नै हाम्रो सामथ्र्य देखिने बताउँदै राम्रो काम गर्ने शिक्षक, विद्यालय र विद्यार्थीलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए । प्रमुख सचिव लम्सालले समाजलाई बदल्न चाहने शिक्षकले पहिले परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्ने बताउँदै गुणस्तरीय शिक्षाका लागि सीमित साधनका बीच शिक्षकले जवाफदेही भएर काम गर्नुपर्ने बताए ।

बिज्ञापन

गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले विद्यालयहरुले सीमित स्रोत र साधनकाबीच गुणस्तरीय शिक्षा दिनु चुनौती बनेको बताउँदै गाउँपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएर काम गर्दै आएको बताए । प्रदेशको शिक्षा विकास निर्देशनालयका महानिर्देशक खुबिराम अधिकारीले प्रदेश सरकार शैक्षिक गुणस्तर वृद्धिका लागि प्रतिबद्ध रहेको बताउँदै शिक्षक र विद्यालयको क्षमता विकासमा सहयोग गर्दै आएको बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले महेश श्रेष्ठले पालिकाको शैक्षिक अवस्थाका बारेमा जानकारी गराउँदै पालिकामा शैक्षिक सुधारका शिक्षक बैङ्क, शिक्षकलाई तालिमलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।

कार्यक्रम बकैयाको सेतीदेवी आवका प्रअ गोमा रानाभाट, बाघभैरव माविको प्रअ रमेश लामा, महेन्द्र माविका प्रअ दीपा सिग्देल, जनक माविका प्रदीप भोम्जनलगायतले शैक्षिक क्षेत्रमा देखिएका नीतिगत, आर्थिकलगायतका समस्याहरु र समाधानका उपायहरुका बारेमा धारणा राखेका थिए ।

बिज्ञापन

कार्यक्रममा प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव विनोदकुमार भट्टराइ, प्रदेशको वन तथा वातावरण मन्त्रालयका सचिव डा। केदार बराल, वन मन्त्रालयका महाशाखा प्रमुख शिव सापकोटा, मुख्यमन्त्री कार्यालयका आर्थिक प्रशासन शाखका अधिकृत श्रीराम पुडासैनी, गाउँपालिकाका विभिन्न शाखाका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

जावलाखेल चिडियाघरको बर्डफ्लु प्रकरण : सूचना लुकाइयो कि बलिको बोको बनाइयो ?

राहदानी छपाइ अनियमितता अनुसन्धानमा पूर्वमन्त्री श्रेष्ठसँग अख्तियारको सोधपुछ

वाणिज्य नीति : सरकारी निकायमा स्वदेशी वस्तु प्रयोग गर्ने व्यवस्था

पूर्वाधार विकास मन्त्रालयमा दुई सचिवको प्रस्ताव

प्रधानमन्त्री कार्यालयमा निर्वाचन आयोग पदाधिकारी पनि अपमानित, बोलाएर गेटबाटै दिइएन प्रवेश

नेपालको निजामती प्रशासन: रूपान्तरणको संकट र सुधारको मार्गचित्र

ओली सरकारका खास,वालेन सरकारका आसपास

घरबाट हराएका पूर्व कार्यवाहक महालेखापरीक्षकको शव नारायणी किनारमा

बिशेष