दुई बर्षदेखि रोकिएको विभूषण फेरि बाढ्ने सरकारको तयारी

सरकारले फेरि विभूषण वितरण गर्नका लागि तयारी थालेको छ। विभूषण वितरणमा विकृती आएको भन्दै प्रचण्ड नेतृत्वको सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठले रोकेको विभूषण ओली सरकारको समयमा फेरि बाढिन लागेको हो ।
पछिल्लो दुई वर्षदेखि रोकिएको विभूषण फेरि वाडिन लागेको हो । मंसिर दोश्रो साता बसेको मन्त्रिपरिषद्को बैठकले विभूषण वाड्नका लागि डा लवदेव अवस्थी , गोपीनाथ मैनाली, उमेशराज जोशी, सुरेन्द्रकुमार झा र योगेन्द्र गुरुङ र शर्मिला कार्कीलाई विभूषण समितिको सदस्य तोकेको छ। उक्त समितिले विभूषण बाँड्न सिफारिस गरेको छ।

बिज्ञापन

यही १० पुसमा बसेको विभुषण सिफारिस समितिले विभूषण सिफारिस कार्यविधि तथा एवं प्रदानसम्बन्धी मापदण्ड २०७५ लाई संशोधन गरेर फेरि विभूषण बाढ्ने तयारी गरेको हो । पछिल्लो समय विभूषण बदनाम भएसँगै बहिष्कार गर्नेहरू बढ्दै थिए।

बिज्ञापन

०६७ सालमा २६९, ०६९ सालमा १६४, ०७० सालमा १८९ जनालाई वितरण गरिएको तक्मा ०७५ सालमा ५१८, ०७६ सालमा ६३३ लाई दिइएको थियो । ०७७ सालमा आएर ५९४ लाई बाँडिएको थियो यो विभूषण बढाएर ७८ मा ९ सयभन्दा बढीलाई विभूषण दिइएको थियो । जबकि गृहले मापदण्ड बनाएर २ सयभन्दा बढीलाई तक्मा नदिने नीति अख्तियार गरेको थियो ।
यसरी मनलाग्दी रुपमा विभूषण बाढिएसँगै बहिष्कार गर्नेहरूको संख्या बढ्दै छ । पशुपति शर्मा, महजोडी, शिव गाउँले, झलक सुवेदीझैं वरिष्ठ अधिवक्ता शम्भु श्रेष्ठ, नीलकण्ठ उप्रेतीलगायत झण्डै तीन सयले तक्मा बहिष्कार गरिसकेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

बिशेष