एमाले निकट कर्मचारी संगठनका नेता तीन लाख घुस लिँदा लिँदै पक्राउ

दलगत ट्रेड युनियन खारेज गर्ने कि राख्ने बहस पेचिलो भइरहेको समयमा एमाले निकट कर्मचारी संगठनका नेता घुस रकमसहित अख्तियारको फन्दामा परेका छन् ।

बिज्ञापन

राष्ट्रिय किताबखाना (शिक्षक), छाउनीमार्ग तहाचल, काठमाडौंमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाई घुस रकमसहित पक्राउ परेका हुन ।अवकाशप्राप्त कर्मचारीसँग समेत घुस रकम मागेपछि उनी अख्तियारको फन्दामा परेका हुन ।

बिज्ञापन

पेन्सनपट्टा बनाईदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरी निवेदनका आधारमा उनलाई टङ्गालबाट खटिएको अख्तियार टोलीले नियन्त्रणमा लिएको हो । आयोगले प्रसाईंलाई तीन लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो । टंगालस्थित प्रधान कार्यालयबाट खटिई गएको टोलीले प्रसाईंलाई सेवाग्राहीबाट तीन लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित कार्यकक्षबाटै आइतबार नियन्त्रणमा लिएको हो।

प्रसाई एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनका नेता हुन्। उनी हाल शिक्षा मन्त्रालयको विभागीय कार्यसमितिका कोषाध्यक्ष छन्।

बिज्ञापन

प्रसाई यस अघि पनि भ्रष्टाचार मुद्धा खेपिसकेका कर्मचारी हुन । उनीविरुद्ध यस अघि भ्रष्टाचार मुद्धा चलाएको थियो,अख्तियारले । विशेषले सफाई दिएपछि अख्तियार उक्त फैसला चित्त नबुझेर पुनरावेदनका लागि सर्वाेच्चमा पुगेको छ ।भ्रष्टाचार मुद्धामा केही अघिमात्र सफाइ पाएका अधिकृत प्रसाई अहिले फेरि अख्तियारको फन्दामा परेका हुन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भ्रष्टाचार मुद्धा खेपिरहेका प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारीले पाए सफाइ

अदालतको अन्तरिम आदेश पछि रोकियो नायब सुब्बा तहको विज्ञापन

रविविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्धा तत्काल फिर्ता नहुने

सार्वजनिक खरिदमा सम्झौताको महत्व र यसको परिपालना विधिहरु

भ्रष्टाचार नियन्त्रण प्राथमिकतामा नपरेको पूर्वसचिव शारदाप्रसाद त्रितालको आरोप

मलंगवामा सब–इन्जिनियरको गोलीकाण्ड : अदालत कर्मचारीको काम ठप्प, अनुसन्धान तीव्र

एडीबी निर्देशनालयमा ढकालको ‘एकछत्र राज’ : कमिसन खेल, राजनीतिक आड र अलपत्र राजमार्ग

‘हिरोइज्म’ होइन वैकल्पिक राजनीति

बिशेष