बढुवा सिफारिस समितिले थप तीन उपसचिवलाई सहसचिवमा बढुवा सिफारिस गरेको छ ।
समितिको हिजो बसेको बैठकले नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इञ्जिनियरिङ समूह,हाइवे उपसमूहका वावुराम सापकोटालाई शत प्रतिशत अंक सहित बढुवाका लागि सिफारिस गरेको छ ।
यस्तै नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इञ्जिनियरिङ समूह,स्यानिटरी उपसमूहका पूर्ण प्रसाद उपाध्ययालाई ९९ दशमलव १२ र नेपाल इञ्जिनियरिङ सेवा,सिभिल इञ्जिनियरिङ समूह,विल्डिङ एण्ड आर्किटेक्ट समूहका मिलन आचार्यलाई ९९ दशमलव १९ अंकसहित बढुवाका लागि सिफारिस गरेको हो । उनीहरु सबै कार्यक्षमता मूल्यांकनका आधारमा बढुवा सिफारिस भएका हुन ।
बिज्ञापन

यस अघि कार्यक्षमता मुल्यांकनका आधारमा परराष्ट्र सेवा र इञ्जिनियरिङ सेवाकै गरी ८ उपसचिवहरु सहसचिवमा बढुवा सिफारिस भइसकेका छन् ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%



























