उपसचिव र सहसचिवमा खुला प्रतिस्पर्धाको ढोका बन्द गर्ने एमाले मुख्य सचेतकको प्रस्ताव

नेकपा एमालेका मुख्य सचेतक बर्तौलाका अनुसार निजामती कर्मचारीमा खुला प्रतिष्प्रर्धाबाट उपसचिव र सहसचिवमा प्रवेशको व्यवस्था हटाउन प्रस्ताव गरेका छन् । संघीय निजामती सेवा विद्येयक उपर छलफलका लागि बिहिबार संसदको राज्य व्यवस्था तथा समितिमा पुगेका उनले यस्तो प्रस्ताव राखेका हुन ।

बिज्ञापन

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवा विद्येयक उपर चलिरहेको छलफलमा भाग लिन पुगेका नेकपा एमालेका सचेतक महेश बर्तौला र कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका मुख्य सचेतक महेश बर्तौलाले दलगत ट्रेड युनियन राख्न नहुने धारणा राखेका हुन । हिजोको बैठकमा उनीहरुले यो धारणा पार्टीको आधिकारिक भएको बताएका छन् । दुबै पार्टीका प्रमुख सचेतक र मुख्य सचेतकले नै निजामती कर्मचारीमा अब एउटा मात्रै ट्रेड युनियन रहन सक्नेगरी ऐन निर्माण गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

बिज्ञापन

यही बिषयको मात्र बढी चर्चा र परिचर्चा भएको भए पनि मुख्य सचेतक बर्ताैलाले निजामतीमा विद्यमान उपसचिव र सहसचिवमा खुला प्रतिष्पर्धाको व्यवस्था समेत पुर्नविचार गर्न प्रस्ताव राखे उनले । कार्यालय समयमा नै शाखा अधिकृत उपसचिवको परीक्षामा लाग्ने र उपसचिव सहसचिवको परीक्षा तयारीमा लाग्ने भएकाले सेवा प्रभावित भएको भन्दै उपसचिव,सहसचिव तहमा खुला प्रतिष्प्रर्धा बन्द गरिनुपर्ने उनको प्रस्ताव छ । असिफरहरू सहसचिव र उपसचिव बन्नका लागि तयारीमा मात्रै लागिरहने र नागरिकले प्रभावकारी सेवा नपाइने अवस्था थियो । अफिसरहरु अफिसमा आएर पढेर बसेका छन् साथीहरू । लोकसेवा भिड्नकै लागि कम कार्यबोझ हुने कार्यालयमा सरुवा मिलाएर गएका छन् । नागरिकको सेवा प्रवाहमा जोडिनुपर्ने हो साथीहरू तर व्यक्तिगत वितृ विकासका लागि मात्रै ध्यान दिने कुराले ठूलो असर गरेको छ ।

उपसचिव र सहसचिव हामीले अहिलेसम्म ओपन प्रतिस्पर्धाको माध्यमबाट जति पनि गरेका छौं । तर त्यसमा बाहिरबाट रियरली कम मानिस मात्रै आएर सहसचिव वा उपसचिव भएका छन् । यसकारण खुलाबाट सहसचिव र उपसचिव भन्ने कुरालाई काहीँ न कहीँ ख्याल गरौं ।

बिज्ञापन

उनले यसलाई सुधार्नका लागि ब्याच सिस्टममा प्रमोसनको विधि अपनाउने हो भने आ आफ्नो ठाउँबाट प्रभावकारी कार्यसम्पादन हुने राय राखे ।

यस्का अलवा बर्ताैलाले हाल कर्मचारीको दरबन्दी धेरै भएका कारण कर्मचारीको संख्या कटाउने र कर्मचारीको तलब बढाउने प्रस्ताव पनि समितिमा गरेका छन् । अवकाश पछिको कुलिङ पिरियड रहनुपर्ने र निजामतीमा विद्यमान आरक्षणको व्यवस्थाको पुनरावलोकन हुनुपर्ने सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नयाँ सरकार बनेसँगै मन्त्रालयमा ‘आफ्नै मान्छे’ तान्ने होड : मन्त्रीको निजी सचिवमा को को ?

सार्वजनिक प्रशासनमा टिप्पणी आदेश: वैधानिक निर्णयको आधार, अभ्यासगत विश्लेषण र न्यायिक दृष्टिकोण

सात हजार निजामती कर्मचारी बिदामा,विवरण पठाउन मन्त्रालयको पत्र

कर्मचारीलाई भूमि मन्त्रीको निर्देशन – मन्त्रीलाई होइन सेवाग्राहीलाई खुसी पार्नु

शिक्षा मन्त्रालयले भन्यो : एउटै विद्यालयमा पटक पटक भर्ना शूल्क नलिनु

अन्तरिम सरकारको स्पष्टीकरण,बालेन सरकारद्धारा राजीनामा स्वीकृत

यस्ता छन् मन्त्रीपरिषद्का निर्णयहरू

सामान्य प्रशासन मन्त्रीज्यूलाई एक कर्मचारीको खुल्ला पत्र

बिशेष