संघीय निजामती विद्येयक उपर आज पनि छलफल

संघीय निजामती सेवा विद्येयक उपर आज पनि छलफल चल्ने भएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा आज मध्यान्ह १२ बजे पछि राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल हुने जनाइएको छ ।
पछिल्लो दुई सातादेखि समितिमा उक्त विद्येयक उपर छलफल चलिरहेको छ । समितिले छलफलका लागि मुख्य सचिव,पूर्व मुख्य सचिव,सचिव, मन्त्रीहरु देखि पूर्व प्रशासकहरुसँग राय सुझाव लिइरहेको छ ।
यस्तै हिजोमात्र समितिको बैठकमा दलका प्रमुख सचेतक र सचेतकहरुलाई डाकिएको थियो । हिजोको बैठकमा उपस्थित भएका नेकपा एमालेका सचेतक महेश बर्तौला र कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले निजामतीमा दलगत ट्रेड युनियन राख्न नहुने र एउटा मात्र आधिकारिक ट्रेड युनियन राख्न्ुपर्ने धारणा राखेका थिए । यी दुबै सचेतकहरुले यो धारणा पार्टीको आधिकारिक भएको बताएका छन् । दुबै पार्टीका प्रमुख सचेतक र मुख्य सचेतकले नै निजामती कर्मचारीमा अब एउटा मात्रै ट्रेड युनियन रहन सक्नेगरी ऐन निर्माण गर्नुपर्ने प्रस्ताव गरेका छन् । अहिले अस्तित्वमा एमाल निकट नेपाल निजामती कर्मचारी संगठन,काँग्रेस निकट कर्मचारी युनियन,माओवादी निकट राष्ट्रिय कर्मचारी संगठन,मधेसी कर्मचारी मञ्च,एकीकृत सरकारी कर्मचारी संगठन रहेका छन् । यी सबै कर्मचारी संगठनलाई खारेज गरेर एउटा मात्र राष्ट्रियस्तरको आधिकारिक कर्मचारी युनियन राख्ने बिषयमा सत्तारुढ दलबीच सहमति जुटेको हो ।

बिज्ञापन

प्रस्तावित संघीय निजामती सेवामा ट्रेड युनियन रहने सम्बन्धी व्यवस्था प्रस्तावित विधेयकको दफा १३१ मा छ । विधेयकमा अहिले अभ्यासमा रहेको जस्तै राष्ट्रियस्तरका ट्रेड युनियन रहने व्यवस्थाको निरन्तरता छ । २०६४ सालमा निजामती ऐनको दोस्रो संशोधन भएपछि ट्रेड युनियनले निजामती ऐनमै स्थान पाएको छ । ऐनमा संशोधन भएपछि विभिन्न आठवटा राष्ट्रियस्तरका ट्रेड युनियन श्रम विभागमा दर्ता भएका थिए ।

बिज्ञापन

२१ फागुन २०८० मा प्रतिनिधि सभामा दर्ता भएको यो विधेयकमाथि अहिले दफावार छलफल सुरु भएको हो । सैद्धान्तिक छलफल गरेर प्रतिनिधि सभाले दफावार छलफलका लागि १५ जेठ २०८१ मा राज्य व्यवस्था समितिमा पठाएको थियो । विधेयकका सबै प्रस्तावित व्यवस्थाउपर सांससदहरुले १२४ समुहमा एक हजार ५८३ वटा संशोधन हालेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष