तीन उपसचिव सहसचिवमा बढुवा सिफारिस

बढुवा सिफारिस समितिले थप तीन उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।

बिज्ञापन

हिजो बसेको सिफारिस समितिको बैठकले शिक्षा,विविध र वन सेवाका एक एक उपसचिवलाई सहससिचवमा बढुवाका लागि सिफारिस गरेको हो । जसमा सनेपाल वन सेवा फरेष्ट रिसर्च समूहबाट राजेन्द्रकुमार वासुकला,विविध सेवा सूचना प्रविधि विज्ञ आदेश खड्का र शिक्षा सेवाबाट अम्बिका प्रसाद आचार्यलाई बढुवाका लागि सिफारिस गरेको हो ।
यी सबै कर्मचारीहरु जेष्ठता तथा कार्यक्षमता मुल्यांकनका आधारमा बढुवा सिफारिस भएका हुन । चालु आर्थिक बर्षमा विभिन्न सेवा समूहका गरी चार दर्जन उपसचिव सहसचिवमा बढुवा सिफारिस भएका छन् ।

बिज्ञापन

जसमा उपसचिवहरु केशव देवकोटा र ललन कुमार सिंहका अलवा नेपाल कृषि सेवा भेटनरी समूहका डा संजय कुमार यादव र नेपाल वन सेवा जनरल फरेष्टी समूहका अजीत कुमार कर्ण, कृषि सेवा समूहका पद्यम प्रसाद अधिकारी,नेपाल कृषि सेवा लाइफस्टक पोल्ट्री एण्ड डेरी डेभलपमेन्ट समूहबाट पशुपति ढुंङ्गना र शंकर साह बढुवाका लागि सिफारिस भइसकेका छन् ।

यस्तै नेपाल इन्जिनियरिङ सेवा,जियोलोजी इन्जिनियरिङ समूह,जनरल जियोलोजी उपसमूहबाट दिनेशकुमार नापित, नेपाल इन्जिनियरिङ सेवा सर्भे समूहबाट नारायण प्रसाद रेग्मी बढुवाका लागि सिफारिस हुँदा नेपाल कृषि सेवा,कृषि प्रसारतर्फका हिक्मत कुमार श्रेष्ठ,इन्जिनियरिङ सेवाका योगेन्द्र मिश्र, नेपाल इन्जिनियरिङ सेवा,इलेक्ट्रिकल इन्जिनियरिङ समूहका नूतन प्रकाश शर्मा बढुवाका लागि सिफारिस हुँदा आर्थिक योजना तथा तथ्यांक सेवाबाट ढुण्डीराज लामिछाने र इञ्जिनियरिङ सेवातर्फबाट राजकुमार गोइत र पुष्कर कुमार पोखरेल,नेपाल इञ्जिनियरिङ सेवा, सिभिल इञ्जिनियरिङ समूह,हाइवे उपसमूहतर्फबाट रविन्द्रलाल दास,विल्डिङ एण्ड आर्किटेक्ट उपसमूहबाट प्रकाश अर्याल र रमेश थपलियालाई बढुवाका लागि सिफारिस भइसकेका छन् ।

बिज्ञापन

चालु आवमा प्रशासन समूहबाट २१,परराष्ट्र सेवाका ५ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भइसकेका छन् । विभिन्न सेवा समूहका गरी ४८ उपसचिवहरु सहसचिवमा उक्लिन लागेका हुन,जेष्ठता र कार्यक्षमता मुल्याकनका आधारमा ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रधानमन्त्री कार्यालयकै निर्देशन अवज्ञा, राष्ट्रिय प्रकृति संरक्षण कोषमा शक्तिको खेल

१३ उपसचिवको सरुवा,संघबाट चारलाई पालिका,चारलाई घुमाइयो अन्तरपालिका

नापी कर्मचारीका नेतालाई सरकारले ‘डाँडा कटायो’

सुशीला-गौरीबहादुर कार्कीदेखि रास्वपाका १५ सांसदमाथि अनुसन्धान गर्न सिफारिस

‘रवि लामिछाने जेलबाट भाग्नु फौजदारी अपराध,रवि र यी नेतामाथि अनुसन्धान गर्नु’:मानव अधिकार आयोग

विपद् प्राधिकरणमा कोइराला, राष्ट्रिय परिचयपत्र विभागमा पौडेल

सम्पत्ति छानबिन आयोगले थाल्यो काम :माग्यो कर्मचारी र पदाधिकारीको विवरण

२४०० कार्टुन लोड, ५९१ मात्रै बरामद : बाँकी भेप कहाँ गायब ?

बिशेष