सचिव पर्यटन ताक्ने,मन्त्री कुनै हालतमा नराख्ने

सधै छानेर राम्रा मन्त्रालयमा जाने कर्मचारीको परिचय बनाएका कृष्णहरि पुष्कर अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा थन्काइएका छन् । सचिव बढुवा भए लगतै अर्थ मन्त्रालयको जिम्मेवारी पाएका उनको कार्यसम्पादन प्रभावकारी नभएको कर्मचारीहरु नै बताउँछन् ।

बिज्ञापन

काँग्रेसको सरकार बने पछि गृह मन्त्रालयमा जान जोडबल गरे,सम्भव भएन । गोकर्णमणि दुवाडीले त्यहाँ बाजी मारे । अहिले उनलाई प्रधानमन्त्री कार्यालयको सुशासन र सुरक्षा हेर्ने जिम्मेवारी दिइएको छ । पुष्कर त्यहाँबाट पर्यटन मन्त्रालयतिर जान जोडबल गरिरहेका छन् । पत्नी आभा कर्ण र परराष्ट्रमन्त्री आरजु राणा एकै भेगका हुन । सोही कारण मात्र होइन दक्षिण दुतावाससँग समेत बाक्लो आउजाउ भएका कृष्णहरि पुष्कर पर्यटन सचिव खान जोडबल गरिरहेका छन् । उनले बूढानिकलण्ठ र दुतावास दुबै रिझाएको भए पनि काम नगर्ने,मुखमात्र चलाउने स्वभावका कर्मचारीका रुपमा उनी चित्रित छन् । कर्णलाई निजामतीभित्र तरमारा कर्मचारीको रुपमा चिन्ने गरिन्छ ।
कारण आरक्षण् कोटामा पटक पटक लाभ लिएका,आफू र पत्नी समेत यही कोटाबाट उक्लिएका हुन । कृष्णहरि पुष्कर र उनको पत्नी आभा कर्णले पटक–पटक मधेशी र जनजातिको कोटामा टेकेर निजामती सेवाका उपल्लो पदमा पुग्न सफल भएका जोडी हुन । मधेशी कोटाबाट उपसचिव र सहसचिव बनेका पुष्कर कर्ण आफूलाई कर्ण होइन पुष्करका रूपमा परिचित गराउँदै आएका छन् ।

बिज्ञापन

लोकसेवा आयोगको विवरण हेर्दा पुष्कर मधेशी कोटाबाट प्रशासन सेवा, सामान्य प्रशासन तर्फको उपसचिव बनेका हुन अनि ०६८ फागुनमा मधेशी कोटाबाटै सहसचिव । यसरी मधेसी कोटाबाट उपसचिव, सहसचिव हुँदै सचिव बनेका पुष्कर सचिव भएपछि मधेश प्रदेश टेकेनन् । जुन प्रदेशबाट निजामती वृत्तमा खुट्किला चढ्दै गए त्यही प्रदेशमा गएर सेवा गर्न वा योगदान दिन चाहेनन् ।

यस्तै पुष्कर पत्नी आभा सहसचिव हुन,उनले पटक पटक आदिवासी जनजाती कोटाबाटै निजामतीमा भ¥याङ्ग चढ्दै अहिले सहसचिवका रुपमा सिंहदरबारभित्रै कार्यरत छिन् । आभा श्रेष्ठ कर्ण ०६७ सालमा महिला कोटाबाट उपसचिव भइन अनि पाँच बर्ष नबित्दै ०७१ फागुनमा मधेशी कोटाबाट सहसचिव । आरक्षण कोटा एक जना कर्मचारीले जागिरे अवधिभर कति चोटी लिन पाउँछ ? परिवारका कति सदस्य आरक्षण कोटा लिन पाउँछन् ? यही व्यवस्था अस्पष्ट हुँदा पुष्करका जोडी पटक पटक आरक्षण कोटामा लाभ उठाउँदै आएका कर्मचारी हुन ।

बिज्ञापन

पुष्करले पर्यटन मन्त्रालयतिर जानका लागि जोड बल गरिरहेको भए पनि पर्यटन मन्त्री बद्री पाण्डे उनलाई त्यहाँ ल्याउन उति उत्साहित छैनन् । यस्का अलाव पछिल्लो समयमा मन्त्री राजकुमार गुप्ता र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव भरतमणि सुवेदीको सम्बन्धमा पनि मीठास छैन । कर्मचारी सरुवामा मन्त्रीको सचिवालय हावी हुँदा सचिव मन्त्रीको चेपुवामा छन् ।

यस्तै खेलकुद मन्त्री तेजुलाल चौधरी सचिव सुमन अर्यालले काम गर्न नसकेको भन्दै उनलाई हटाउनका लागि प्रधानमन्त्रीलाई गुहारिएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भ्रष्टाचार मुद्धा खेपिरहेका प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारीले पाए सफाइ

अदालतको अन्तरिम आदेश पछि रोकियो नायब सुब्बा तहको विज्ञापन

रविविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्धा तत्काल फिर्ता नहुने

सार्वजनिक खरिदमा सम्झौताको महत्व र यसको परिपालना विधिहरु

भ्रष्टाचार नियन्त्रण प्राथमिकतामा नपरेको पूर्वसचिव शारदाप्रसाद त्रितालको आरोप

मलंगवामा सब–इन्जिनियरको गोलीकाण्ड : अदालत कर्मचारीको काम ठप्प, अनुसन्धान तीव्र

एडीबी निर्देशनालयमा ढकालको ‘एकछत्र राज’ : कमिसन खेल, राजनीतिक आड र अलपत्र राजमार्ग

‘हिरोइज्म’ होइन वैकल्पिक राजनीति

बिशेष