“समय अगावै कर्मचारी सरुवा गर्नेलाई कारवाही गर्ने व्यवस्था राख्ने आँट छ ?”

पूर्व मुख्य सचिव विमल कोइरालाले संघीय निजामती सेवा विद्येयक कर्मचारीलाई खुसी पार्ने ढगबाट मात्र आएको टिप्पणी गरेको छ ।
संघीय निजामती सेवा विद्येयक उपर चलिरहेको छलफलमा सहभागी हुन हिजो राज्यव्यवस्था तथा सुशासन समितिमा पुगेका कोइरालाले विधेयक कर्मचारी केन्द्रित र एकात्मक भएको टिप्पणी गरेको हुन ।

बिज्ञापन

यो ऐनमा जनता कहाँ छ ? जुन जगमा निजामती सेवा ऐन बनाउनुपर्ने थियो त्यो खै ? अनि कर्मचारीहरु कसरी जनताप्रति जिम्मेवार बन्छन् ? विद्येयकमा निजामती कर्मचारीको सरुवा बढुवा मात्रै गर्ने कुरा गर्ने कि नागरिकलाई दिने सेवामा सुधार गर्ने ? विद्येयकमा जनताको आवाज कहाँनिर मुखर हुन्छ ? उनले प्रश्न गरे । सरकार पेपरलेस हुँदै गएको उल्लेख गर्दै राणाकालीन ढंगबाट चलाउने विधेयक ल्याउँदा सोच्नुपर्दैन भनेर सांसदलाई प्रश्न गरे ।

बिज्ञापन

‘हामीले खोजेको के ? कर्मचारी खुसी पार्न सरुवा–बढुवा मात्र खोजेको कि जनताको पक्षबाट सोच्ने ? यो ऐनमा जनता कहाँ छ ? उनले सांसदहरुलाई सोधे ।
कोइरालाले राणाकालीन कर्मचारीलाई चलाउन कि नयाँ नयाँ बनाउने प्रश्न गरे । अहिलेको विद्येयक पूरानैको कपी पेष्टमात्र भएको टिप्पणी गर्दै राणाकालीन कर्मचारी चलाउने कि नयाँ ल्याउने ? विधेयक नयाँ ढंगले आउला भनेको पुरानै कपी पेस्ट आयो । कसले आँट गर्ने ? हिजोकै ल्याएर कहिले नयाँ हुन्छ ?

यस्तै उनले सरुवा बढुवामा अराजकता रहेको भन्दै अनुमानयोग्य बनाउन,दुई वर्ष नभइ सरुवा गर्नेलाई कानुनी कारबाही गर्ने व्यवस्था गर्नुपर्ने सुझाए ।

बिज्ञापन

कानुनले दुई वर्ष नपुगी कर्मचारी सरुवा हुन्न भनेको छ तर, हामीकहाँ तीन महिनामै हुन्छ । हामीकहाँ सरुवा राजनीतिक हतियार,सरुवाको खेती चलाइएको छ । जसले समय नपुगी सरुवा गर्छ  उसलाई कारबाही गर्छौं भनेर लेख्न सक्छौँ ? उनले सांसदहरुलाई प्रश्न राखे ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कविता : कालो इतिहासको अवसान

मुख्य भन्सार प्रमुखहरुको सरुवा

लगनखेल मालपोत ‘कमाइको अड्डा’: सरुवा कागजमै, नासु बस्नेतको रजगज यथावत्

थवाङ यात्रामा जनयुद्ध र माओवादी कमरेडलाई यसरी सम्झियौ

स्वकीय सचिवको सुविधा निरन्तरता दिन सामान्यको परिपत्र

रास्वपाबाट समानुपातिक सूचीमा चन्द्र ढकालका छोरादेखि विदुषी राणासम्म

उद्योग विभागका महानिर्देशक परिवर्तन

तीन महिनामै गृहसचिवको सरुवा, कारण ‘सूचना चुहावट’?

बिशेष