तीन दर्जन उपसचिवहरु सहसचिव बढुवा सिफारिस

कृषि सेवा समूहका तीन उपसचिवहरुलाई सहसचिवमा बढुवा सिफारिस गरिएको छ । हिजो बसेको बढुवा सिफारिस समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गरिएको हो ।
समितिले नेपाल कृषि सेवा बागवानी समूहतर्फका पद्यम प्रसाद अधिकारी,नेपाल कृषि सेवा लाइफस्टक पोल्ट्री एण्ड डेरी डेभलपमेन्ट समूहबाट पशुपति ढुंङ्गना र शंकर साहलाई बढुवाका लागि सिफारिस गरिएको हो ।

बिज्ञापन


अस्ति बसेको बढुवा सिफारिस समितिको बैठकले इन्जिनियरिङ सेवाका २ जना र कृषि सेवातर्फका एक उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो । जसमा नेपाल इन्जिनियरिङ सेवा,जियोलोजी इन्जिनियरिङ समूह,जनरल जियोलोजी उपसमूहबाट दिनेशकुमार नापित बढुवाका लागि सिफारिस भएका छन् । यस्तै नेपाल इन्जिनियरिङ सेवा सर्भे समूहबाट नारायण प्रसाद रेग्मी बढुवाका लागि सिफारिस हुँदा नेपाल कृषि सेवा,कृषि प्रसारतर्फका हिक्मत कुमार श्रेष्ठ सहसचिवमा बढुवा सिफारिस भएका छन् ।

बिज्ञापन


यस अघि नेपाल इन्जिनियरिङ सेवाका योगेन्द्र मिश्र, नेपाल इन्जिनियरिङ सेवा,इलेक्ट्रिकल इन्जिनियरिङ समूहका नूतन प्रकाश शर्मा बढुवाका लागि सिफारिस भएका छन् ।

बिज्ञापन

यस अघि नेपाल आर्थिक योजना तथा तथ्यांक सेवाबाट ढुण्डीराज लामिछाने र इञ्जिनियरिङ सेवातर्फबाट राजकुमार गोइत र पुष्कर कुमार पोखरेल,नेपाल इञ्जिनियरिङ सेवा, सिभिल इञ्जिनियरिङ समूह,हाइवे उपसमूहतर्फबाट रविन्द्रलाल दास,विल्डिङ एण्ड आर्किटेक्ट उपसमूहबाट प्रकाश अर्याल र रमेश थपलियालाई बढुवाका लागि सिफारिस भइसकेका छन् । यस्तै प्रशासन समूहबाट २१,परराष्ट्र सेवाका ५ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भइसकेका छन् ।
उनीहरु सबै ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट हुने बढुवाका लागि सिफारिस गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कविता : कालो इतिहासको अवसान

मुख्य भन्सार प्रमुखहरुको सरुवा

लगनखेल मालपोत ‘कमाइको अड्डा’: सरुवा कागजमै, नासु बस्नेतको रजगज यथावत्

थवाङ यात्रामा जनयुद्ध र माओवादी कमरेडलाई यसरी सम्झियौ

स्वकीय सचिवको सुविधा निरन्तरता दिन सामान्यको परिपत्र

रास्वपाबाट समानुपातिक सूचीमा चन्द्र ढकालका छोरादेखि विदुषी राणासम्म

उद्योग विभागका महानिर्देशक परिवर्तन

तीन महिनामै गृहसचिवको सरुवा, कारण ‘सूचना चुहावट’?

बिशेष