थप ३ उपसचिव सहसचिव बढुवा सिफारिस

थप ३ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।
बढुवा सिफारिस समितिको हिजो बसेको बैठकले दुई तीन जना उपसचिवलाई सहसचिवमा बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिस समितिले नेपाल आर्थिक योजना तथा तथ्यांक सेवाका एक र नेपाल इञ्जिनियरिङ सेवा सिभिल इञ्जिनियरिङ समूह,जनरल उपसमूहतर्फका २ गरी ३ जना उपसचिवलाई बढुवाका लागि सिफारिस गरेको हो ।
समितिले नेपाल आर्थिक योजना तथा तथ्यांक् सेवाबाट ढुण्डीराज लामिछाने र इञ्जिनियरिङ सेवातर्फबाट राजकुमार गोइत र पुष्कर कुमार पोखरेललाई बढुवाका लागि सिफारिस गरेको छ ।

बिज्ञापन


उनीहरु जेष्ठता र कार्यसम्पादन मूल्याकनका आधारमा हुने बढुवा हुन लागेका हुन ।यस अघि जेष्ठता र कार्यक्षमता मुल्यांकनका आधारमा प्रशासन समूहबाट २१,परराष्ट्र सेवाका ५ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भइसकेका छन् ।

बिज्ञापन

समितिले प्रशासन सेवा सामान्य प्रशासन समूहतर्फका १९ र नेपाल लेखापरीक्षण सेवाका २ गरी २१ जना उपसचिव तहका कर्मचारीहरुलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरिसकेको छ । बढुवा सिफारिस भएका उपसचिवहरुमा पदम कुमार श्रेष्ठ,दिलिप कुमार गौतम,योगेन्द्र प्रसाद दुलाल,युवराज अधिकारी,भविश्वर पाण्डे,चन्द्रबहादुर शिवाकोटी,हेमराज भुसाल,भरत गौतम रहेका छन् । यस्तै, विमलप्रसाद बराल,बलराम ढकाल,गोविन्द प्रसाद अधिकारी,पुरुषोत्तम अधिकारी,शान्तिराज प्रसाई,नारायणप्रसाद मैनाली,विजयराज सुवेदी चिरञ्जिवी तिमिल्सिना,कविन्द्र नेपाल र यमेन्द्र उपाध्याय बढुवा सिफारिस भएका छन् ।

बिज्ञापन

यस्तै लेखापरीक्षणतर्फबाट लक्ष्मण आचार्य र ध्रुवराज भुसाल बढुवाका लागि सिफारिस भएका छन् ।
उता परराष्ट्रसेवाबाट पुष्पराज भट्टराई,मणिरत्न शर्मा,लोकबहादुर पौडेल क्षत्री,किरण शाक्य र दुरपदा सापकोटा उपसचिवबाट सहसचिवमा बढुवाका लागि सिफिारिस भइसकेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रधानमन्त्री मातहतकै सतर्कता केन्द्र ‘सुत्केरी’, अनुसन्धान होइन गोष्ठीमै रमाइलो

कर्णालीमा २८ प्रतिशत कर्मचारी अभाव

यातायात सेवा विस्तारमा मन्त्रीको ठाडो हस्तक्षेप : ट्रायल सेन्टरको खरिद प्रक्रिया रोक्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

उपकुलपति र कुलसचिवका लागि दरखास्त आह्वान

तीन उपसचिव सहसचिवमा बढुवा सिफारिस

शहरी विभागको खण्डन : ‘खरिद नियमावली मिचिएको र नियुक्तिमा आर्थिक चलखेल’ समाचारमा कुनै सत्यता छैन

अब अनलाइनबाट कर्मचारी सरुवा

कविता : कालो इतिहासको अवसान

बिशेष