थप ३ उपसचिव सहसचिव बढुवा सिफारिस

थप ३ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।
बढुवा सिफारिस समितिको हिजो बसेको बैठकले दुई तीन जना उपसचिवलाई सहसचिवमा बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिस समितिले नेपाल आर्थिक योजना तथा तथ्यांक सेवाका एक र नेपाल इञ्जिनियरिङ सेवा सिभिल इञ्जिनियरिङ समूह,जनरल उपसमूहतर्फका २ गरी ३ जना उपसचिवलाई बढुवाका लागि सिफारिस गरेको हो ।
समितिले नेपाल आर्थिक योजना तथा तथ्यांक् सेवाबाट ढुण्डीराज लामिछाने र इञ्जिनियरिङ सेवातर्फबाट राजकुमार गोइत र पुष्कर कुमार पोखरेललाई बढुवाका लागि सिफारिस गरेको छ ।

बिज्ञापन


उनीहरु जेष्ठता र कार्यसम्पादन मूल्याकनका आधारमा हुने बढुवा हुन लागेका हुन ।यस अघि जेष्ठता र कार्यक्षमता मुल्यांकनका आधारमा प्रशासन समूहबाट २१,परराष्ट्र सेवाका ५ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भइसकेका छन् ।

बिज्ञापन

समितिले प्रशासन सेवा सामान्य प्रशासन समूहतर्फका १९ र नेपाल लेखापरीक्षण सेवाका २ गरी २१ जना उपसचिव तहका कर्मचारीहरुलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरिसकेको छ । बढुवा सिफारिस भएका उपसचिवहरुमा पदम कुमार श्रेष्ठ,दिलिप कुमार गौतम,योगेन्द्र प्रसाद दुलाल,युवराज अधिकारी,भविश्वर पाण्डे,चन्द्रबहादुर शिवाकोटी,हेमराज भुसाल,भरत गौतम रहेका छन् । यस्तै, विमलप्रसाद बराल,बलराम ढकाल,गोविन्द प्रसाद अधिकारी,पुरुषोत्तम अधिकारी,शान्तिराज प्रसाई,नारायणप्रसाद मैनाली,विजयराज सुवेदी चिरञ्जिवी तिमिल्सिना,कविन्द्र नेपाल र यमेन्द्र उपाध्याय बढुवा सिफारिस भएका छन् ।

बिज्ञापन

यस्तै लेखापरीक्षणतर्फबाट लक्ष्मण आचार्य र ध्रुवराज भुसाल बढुवाका लागि सिफारिस भएका छन् ।
उता परराष्ट्रसेवाबाट पुष्पराज भट्टराई,मणिरत्न शर्मा,लोकबहादुर पौडेल क्षत्री,किरण शाक्य र दुरपदा सापकोटा उपसचिवबाट सहसचिवमा बढुवाका लागि सिफिारिस भइसकेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सुशीला-गौरीबहादुर कार्कीदेखि रास्वपाका १५ सांसदमाथि अनुसन्धान गर्न सिफारिस

‘रवि लामिछाने जेलबाट भाग्नु फौजदारी अपराध,रवि र यी नेतामाथि अनुसन्धान गर्नु’:मानव अधिकार आयोग

विपद् प्राधिकरणमा कोइराला, राष्ट्रिय परिचयपत्र विभागमा पौडेल

सम्पत्ति छानबिन आयोगले थाल्यो काम :माग्यो कर्मचारी र पदाधिकारीको विवरण

२४०० कार्टुन लोड, ५९१ मात्रै बरामद : बाँकी भेप कहाँ गायब ?

तीन विभाग रिक्त,शक्तिशाली दुई सहसचिव प्रदेशतिर

चार सहसचिवलाई खटाइयो स्थानीय तह,कान्छी सहसचिवको सामान्यमै पदस्थापन

२९ सहसचिवहरूको सरुवा

बिशेष