मुख्यसचिवको १ बर्ष र सचिवको कार्यकाल २ बर्ष घटाउन प्रस्ताव

नेपाली कांग्रेसका सांसद जीवन परियारले मुख्य सचिव र सचिवको कार्यकाल घटाउन प्रस्ताव गरेका छन् । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितीको बैठकमा चलिरहेको संघीय निजामती विधेयकमा उनले मुख्य सचिव र सचिवको कार्यकाल घटाउन प्रस्ताव गरेका हुन ।

बिज्ञापन

हाल मुख्य सचिवको कार्याकाल तीन वर्ष र सचिवको कार्यकाल पाँच वर्ष कायम गरिएको छ । परियारले मुख्यसचिवको कार्यकाल १ बर्ष र सचिवको कार्यकाल २ बर्ष घटाएर मुख्यसचिवको दुई र सचिवको कार्यकाल ३ बर्ष गर्न प्रस्ताव गरिएको हो ।

बिज्ञापन

मुख्य सचिवको कार्यकाल २ वर्ष र सचिवको ३ वर्ष कायम गराऊ अहिले जिम्मेवारीमा रहेका केहीलाई कस्तो असर गर्छ भन्ने नहेरी भविष्य हेरेर कानुन बनाउनेतर्फ ध्यान दिनुपर्ने परियारको भनाइ रहेको छ ।

‘अहिलेको कानुनअनुसार सचिवको कार्याकाल पाँच वर्षसम्म कायम राख्ने हो भने हालै सहसचिवमा प्रवेश गरेका कर्मचारीलाई सचिव पदमा पुग्न कम्तीमा १४ वर्ष लाग्छ । दुई तीन वर्षअघि सहसचिव भएका कर्मचारीलाई सचिवमा बढुवा हुन कम्तीमा १० वर्ष लाग्ने हुँदा मुख्य सचिव र सचिवको कार्यकाल घटाउँदा कर्मचारी क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन र कर्मचारीहरूको वृत्ति विकासका लागि पनि सचिव र मुख्यसचिवको कार्याकाल छोट्ट्याउनु पर्ने कर्मचारीहरु बताउँछन् ।

बिज्ञापन

कर्मचारीहरूको वृत्ति विकासका लागि पनि कार्याकाल छोट्ट्याउन अति आवश्यक भएको प्रशासकहरु बताउँछन् ।  मुख्यसचिव र सचिवको कार्यकाल छोट्ट्याउँदा सहसचिवहरू सचिवमा र सचिवहरू मुख्यसचिवमा बढुवा हुने सम्भावना अहिलको भन्दा धेरै बढी हुन्छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कानुन व्यवसायीहरुलाई सिंहदरबार प्रवेशमा कडाई

दुर्गममा दरबन्दी,गृह मन्त्रालयभित्र काज

बालुवाटारमा औपचारिक भेटघाट बन्द, सिंहदरबारबाटै काम गर्दै प्रधानमन्त्री बालेन

सातान्तांगोः मानव चेतना, समाज र अस्तित्वको नाङ्गो दस्तावेज

आयल निगममा डिपो प्रमुखहरूको सरुवा

कुन मन्त्रीको सचिवालयमा क- कस्ले पाए नियुक्ति ?

सार्वजनिक प्रशासनमा टिप्पणी आदेश: वैधानिक निर्णयको आधार, अभ्यासगत विश्लेषण र न्यायिक दृष्टिकोण

सात हजार निजामती कर्मचारी बिदामा,विवरण पठाउन मन्त्रालयको पत्र

बिशेष