बदनाम सुव्वालाई जोगाउन मन्त्रीको सचिवालय सक्रिय

मामुली एउटा सुब्बा तहको कर्मचारी घुमिफिरी एयरपोर्ट अध्यागमनमा पुग्छ । कहिले सिन्धुपाल्चोक प्रशासन त कहिले विपद् प्राधिकरणमा दरबन्दी राखेर त्यही खटिन्छ । उसका बारेमा कार्यालय भरी टीका टिप्पणी शुरु भए पछि कार्यालयका प्रमुखहरुले अनुमगमन गर्दछन्,कुर्सीमा कहिल्यै भेटिदैंन । महिनौं दिनसम्म कार्यालयमा हाजिर हुँदैन । कार्यालय प्रमुखले स्पष्टीकरण सोध्छन्,स्पष्टीकरण होइन कार्यालय प्रमुखको चाहिँ सरुवा हुन्छ ।

बिज्ञापन

यस्ता जब्बर र डन सुव्वा हुन राजीव महतो । त्रिवि अध्यागमनमा कम्युटर अपरेटरका जागिरे,उनी लामो समयदेखि त्यही रजगज गर्दै आएका । यस अगाडि सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालय दरबन्दी राखेर होस वा विपद् जोखिम प्राधिकरणमा दरबन्दी राखेर अध्यागमन विभागमै बसेर रजगज गरिरहेका थिए । ०७८ भदौ ११ गते राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा काजमा सरुवा भएका उनी २०७८ चैत १४ को निर्णयानुसार पुन काजमा नै अध्यागमन विभागमा पुगेका थिए ।

बिज्ञापन

भिजिट भिसाको नाममा विचौलियासँग मिलेर गडबडी गर्दै आएको आरोप लागेका, बदमासी गर्ने सुव्वालाई तह लगाउन खोज्दा उल्टै हाकिम सेकिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत उनले आफ्नो सरुवा नै उल्टाएका मात्र छैनन्,पुन सोही ठाउँमा जाने गरी प्रवन्ध मिलाइरहेका छन् ।

उनी कार्यालय समयमा कुर्सीमा नभेटिने र बाहिरै उठ्ती पुट्तीमा रमाउने गरेको गुनासो पछि तत्कालीन महानिर्देशक कोषहरि निरौला र अध्यागमन एयरपोर्टका हाकिम सुरेश पन्थीहरुको टोलीले अनुमगन गर्दा लामो समयसम्म  सिटमा भेटिएनन् । ऐन अनुसार स्पष्टीकरण सोधियो । स्पष्टीकरण दिन जरुरी ठानेनन् ।

बिज्ञापन

दुई महिनासम्म कार्यालयबाट विना जानकारी गायब भएका उनी ६१ दिन पछि एकाबिहानै कार्यालयमा पुगेर हाजिरी लगाए । सिसि क्यामरा चेक गर्दा बिहान ३: ०० बजे कार्यालयमा पुगेर हाजिर गरेर टाप कसेको भेटियो । निजामती सेवा ऐनमा ९० दिनसम्म विनाकारण गयल भएको खण्डमा उसलाई जागिरबाट हटाउन सकिन्छ । त्यहीबाट बच्नका लागि ६१ दिनमा एकपटक र ७५ औं दिनमा एक पटक कार्यालयमा पुगेर हाजिर लगाएको भेटेसँगै अध्यागमन एयरपोर्टले क्यानलाई महतोको स्थायी पास रद्ध गर्न पत्र काटिएसँगै उनको पास रद्ध भयो,हाजिर डिसएबल ।

अनि शुरु भयो सुव्वाको खेलोमेला । आफूविरुद्ध लाग्ने हाकिम सुरेश पन्थीलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा सरुवा गराइयो र कोषहरिलाई समय नपुग्दै त्यहाँबाट हटाइयो अहिले त्यहाँ तिर्थराज भट्टराईलाई लगिएको छ । बरु यो बीचमा तिनै बदमासीमा मुछिएका सुव्वालाई जोगाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीकै सचिवालयबाट फोन लगाउने सिलसिला जारी छ । स्रोतका अनुसार,महतो र संघीय मामिला मन्त्री राजकुमार गुप्ताका छोरा एकै व्याची हुन,एउटै कलेजमा पढेका । बदमासीमा मुछिएका महतोको सरुवा भूमि व्यवस्थापन विभागमा गरिएको भए पनि मन्त्रीको छोरामार्फत सरुवा उल्टाएर अहिले अर्थमा खटाइएको छ । यद्यपि सरुवा भएको कार्यालयबाट रमाना लिएका छैनन् । रमाना पत्र बुझ्न मानिरहेका छैनन्,उनी ।उनी एयरपोर्ट अध्यागमनमै फर्किनका लागि शक्तिकेन्द्र लगाइरहेका छन् ।

उता अहिले  गृह स्रोतका अनुसार,अध्यागमनमा ९ जनामात्र अधिकृतको दरबन्दी रिक्त रहेको भए पनि दुई लटमा गरेर ३६ अधिकृतलाई त्यहाँ हाजिर गराइएको छ । यसरी लगिएकामा अधिकांश मन्त्रीका गृह जिल्ला र सूदुरपश्चिमतिरका अधिकृतहरुको बोलबोला रहेको छ ।

पोखरा,भैरहवा,रसुवा,सिन्धुपाल्चोक लगायतका अध्यागमन कार्यालयमा दरबन्दी अनुसार अधिकृतस्तरका कर्मचारी नहुँदा एयरपोर्ट अध्यागमनमा दरबन्दीभन्दा दुई दर्जन बढी अधिकृतहरुलाई त्यहाँ खटाएर खेतीपाती गर्ने मौका दिइएको प्रति गृहकै कर्मचारी असन्तृष्टि पोख्दैछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

‘कुलिङ पिरियड’मा भएको हेरफेर छानबिन गर्न सभामुखलाई सङ्घीय मामिलामन्त्री गुप्ताको आग्रह

पौडेलको कार्यशैलीप्रति असन्तुष्टि, गृहमन्त्रीका निजी सचिवदेखि प्रशासन शाखाका कर्मचारीसम्म रसुवाको दौडमा

‘विश्वास’ र ‘कृपया’ अभियान स्थानीय विकासको रूपान्तरणकारी अवधारणा 

‘न्यु टेक’ ठेकेदार सुकुलालको घटिया काम: रसुवालीले भोग्दै शास्ती

वैदेशिक रोजगार विभागमा अधिकृत खतिवडाको आतंक

संघीय निजामती सेवा विधेयकमा कर्मचारी सरोकार सम्बोधन नगर्नु दुःखद : निजामती युनियन

बजेटमा अर्थ सचिवको बदमासी : जन्मथलोमा ८ करोडको योजना

‘कर्मचारीको आँशु झार्ने कानुन’

बिशेष